नेभिगेशन
मुख्य समाचार

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

काठमाडौं । संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।

पूर्वन्यायाधीशहरूको संस्थाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको असार १८ गतेको निर्णयले न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको ठहर गरेको हो।

फोरमका अध्यक्ष पूर्वन्यायाधीश टोपबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकाले आफ्नै स्वतन्त्रता रक्षा गर्न नसकी राजनीतिक छायाँमा पर्ने आम धारणा बनिएको छ।”

२०७७ मंसिर ३० र २०७८ वैशाख २६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अध्यादेशमार्फत संसदीय सुनुवाइबिनै गरिएका नियुक्तिहरू विवादास्पद रहँदै आएका थिए। ती नियुक्तिविरुद्ध दायर १५ रिटमाथि संवैधानिक इजलासले असार १८ मा फैसला सुनाउँदै नियुक्ति सदर गरेको थियो।

फोरमले उक्त फैसला संविधानको मर्मविपरीत रहेको भन्दै कार्यकारिणीको निरङ्कुशता बढाउने र शक्ति पृथकीकरणको सिद्धान्तको उल्लङ्घन गर्ने बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा २९२(१) मा उल्लेख गरिएको संसदीय सुनुवाइको बाध्यात्मक प्रावधानलाई अध्यादेश वा नियमावलीबाट निस्तेज पार्न सकिन्न। तर, संवैधानिक इजलासले यसैको समर्थन गरेको देखिन्छ, जुन त्रुटिपूर्ण र संविधानविपरीत छ।”

फैसलाको मत विभाजन स्पष्ट नभएको, एक न्यायाधीशले परमादेश जारी गर्नुपर्ने मत राखेको, अरूले सदर गरेको र कतिपयले बदरको राय दिएको अवस्थामा न्यायालयकै निष्कर्ष अन्योलपूर्ण बनेको फोरमको आरोप छ।

फोरमका सदस्य सुवेदीका अनुसार, “सदर वा बदर—के भएको हो भन्ने कुरामा स्पष्टता नआएकोले यो आदेश परस्पर विरोधाभासी भएको छ।”

पूर्वन्यायाधीशहरूले यस्ता गम्भीर संवैधानिक विवादमा लामो समयसम्म निर्णय नगरिएको र मितिहरू पटक–पटक सारिएकोप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएकाे छ, “जनआस्था गुम्न नदिन न्यायपालिकाले स्वयं सतर्कता अपनाउनु जरुरी छ, नत्र न्यायकर्मीको सक्षमता र न्यायिक मूल्य–मान्यतामाथि नै प्रश्न उठ्नेछ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।