नेभिगेशन
समाज

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

काठमाडौं । संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वन्यायाधीशहरूको संस्थाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको असार १८ गतेको निर्णयले न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको ठहर गरेको हो।

Ncell
Extreme Energy

फोरमका अध्यक्ष पूर्वन्यायाधीश टोपबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकाले आफ्नै स्वतन्त्रता रक्षा गर्न नसकी राजनीतिक छायाँमा पर्ने आम धारणा बनिएको छ।”

२०७७ मंसिर ३० र २०७८ वैशाख २६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अध्यादेशमार्फत संसदीय सुनुवाइबिनै गरिएका नियुक्तिहरू विवादास्पद रहँदै आएका थिए। ती नियुक्तिविरुद्ध दायर १५ रिटमाथि संवैधानिक इजलासले असार १८ मा फैसला सुनाउँदै नियुक्ति सदर गरेको थियो।

फोरमले उक्त फैसला संविधानको मर्मविपरीत रहेको भन्दै कार्यकारिणीको निरङ्कुशता बढाउने र शक्ति पृथकीकरणको सिद्धान्तको उल्लङ्घन गर्ने बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा २९२(१) मा उल्लेख गरिएको संसदीय सुनुवाइको बाध्यात्मक प्रावधानलाई अध्यादेश वा नियमावलीबाट निस्तेज पार्न सकिन्न। तर, संवैधानिक इजलासले यसैको समर्थन गरेको देखिन्छ, जुन त्रुटिपूर्ण र संविधानविपरीत छ।”

फैसलाको मत विभाजन स्पष्ट नभएको, एक न्यायाधीशले परमादेश जारी गर्नुपर्ने मत राखेको, अरूले सदर गरेको र कतिपयले बदरको राय दिएको अवस्थामा न्यायालयकै निष्कर्ष अन्योलपूर्ण बनेको फोरमको आरोप छ।

फोरमका सदस्य सुवेदीका अनुसार, “सदर वा बदर—के भएको हो भन्ने कुरामा स्पष्टता नआएकोले यो आदेश परस्पर विरोधाभासी भएको छ।”

पूर्वन्यायाधीशहरूले यस्ता गम्भीर संवैधानिक विवादमा लामो समयसम्म निर्णय नगरिएको र मितिहरू पटक–पटक सारिएकोप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएकाे छ, “जनआस्था गुम्न नदिन न्यायपालिकाले स्वयं सतर्कता अपनाउनु जरुरी छ, नत्र न्यायकर्मीको सक्षमता र न्यायिक मूल्य–मान्यतामाथि नै प्रश्न उठ्नेछ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । दीपकलाई उद्योग मन्त्री नियुक्तिको तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...

भर्खरै