नेभिगेशन
मुख्य समाचार

धरहरा चढ्नेहरुबाट ७ महिनामा उठाइयो करिब पाँच करोड

काठमाडौँ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट रु चार करोड ८३ लाखभन्दा  बढी राजस्व सङ्कलन गरिएको छ ।   

गत मङ्सिर ९ गतेदेखि  शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा रु चार करोड ८३ लाख ६५ हजार ५०० राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिनुभयो ।  

उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् ।  जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् ।  हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० ले धरहरा चढ्ने गरेका छन् ।    

“बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन”, व्यवस्थापन एकाइ प्रमुख राईले भने,“बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार ५०० बढीले धरहरा चढ्ने अनुमान छ ।”

धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि  प्रतिव्यक्ति रु १००० शुल्क तोकिएको छ ।  

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो ।  

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।