नेभिगेशन
मुख्य समाचार

‘श्री ५ महाराजधिराज सरकार’ भनी विज्ञप्ति निकाल्ने पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव प्रहरी नियन्त्रणमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले शुक्रबार बिहान सोधपुछका लागि नियन्त्रणमा लिएको छ। पाठकले पूर्वराजाका तर्फबाट निकालिने विज्ञप्तीमा ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गर्ने गरेका कारण त्यसबारे कानुनी वैद्यताबारे सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार संविधानले नचिनेको ‘श्री ५ महाराजधिराज’ पदवी प्रयोग गरी विज्ञप्ति जारी गरिएको विषयमा सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको हो । ‘संवाद सचिवालयको वैधानिकता र ‘श्री ५ महाराजधिराज सरकार’ भन्ने पदवीको कानुनी वैद्यताबारे सोधपुछ गर्न पाठकलाई बोलाइएको हो।’, बोहराले सिधाकुरासँग भने । 

पाठकले हालसम्म पूर्वराजाका नाममा प्रकाशित विभिन्न विज्ञप्तिहरूमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सिएको सन्देश’ भन्ने शैलीमा सम्वोधन गर्दै आएका छन्। यही विषयमा यसअघि संसद्मै एमाले सांसद ठाकुर गैरेले आपत्ति जनाउँदै संवाद सचिव र पूर्वराजाविरुद्ध कारबाहीको माग गरेका थिए।

पाठकलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।