नेभिगेशन
समाज

‘श्री ५ महाराजधिराज सरकार’ भनी विज्ञप्ति निकाल्ने पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव प्रहरी नियन्त्रणमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले शुक्रबार बिहान सोधपुछका लागि नियन्त्रणमा लिएको छ। पाठकले पूर्वराजाका तर्फबाट निकालिने विज्ञप्तीमा ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गर्ने गरेका कारण त्यसबारे कानुनी वैद्यताबारे सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार संविधानले नचिनेको ‘श्री ५ महाराजधिराज’ पदवी प्रयोग गरी विज्ञप्ति जारी गरिएको विषयमा सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको हो । ‘संवाद सचिवालयको वैधानिकता र ‘श्री ५ महाराजधिराज सरकार’ भन्ने पदवीको कानुनी वैद्यताबारे सोधपुछ गर्न पाठकलाई बोलाइएको हो।’, बोहराले सिधाकुरासँग भने । 

Ncell
Extreme Energy

पाठकले हालसम्म पूर्वराजाका नाममा प्रकाशित विभिन्न विज्ञप्तिहरूमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सिएको सन्देश’ भन्ने शैलीमा सम्वोधन गर्दै आएका छन्। यही विषयमा यसअघि संसद्मै एमाले सांसद ठाकुर गैरेले आपत्ति जनाउँदै संवाद सचिव र पूर्वराजाविरुद्ध कारबाहीको माग गरेका थिए।

पाठकलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...

भर्खरै