नेभिगेशन
समाज
सिधाकुरा समाचार प्रभावः

एमाले पार्टी कार्यालयको भवनमा विनियोजित ३० लाख रोकियो

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर–६ स्थित नेकपा एमाले, जिल्ला पार्टी कार्यालयको भवनका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आव २०८१÷८२ मा बिनियोजित ३० लाख रुपैया रकम निकासा रोकएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय, सिन्धुली मार्फत खर्च हुनेगरी विनियोजन भएको थियो । विनियोजित रकम खर्चहुने स्थलको घरजग्गा नेकपा एमाले सिन्धुलीको नाममा मालपोत कार्यालय सिन्धुलीमा कित्ता नम्बर–३४२ मा १ कठ्ठा २ पाई जग्गा २०६५ चैत्र २७ गते दर्ता कायम भएको गत असार २४ गते सिधाकुराले समाचार प्रकाशित गरेको थियो ।  

Ncell
Extreme Energy

शहीद ऋषि देवकोटा आजादको नाममा कमलामाई नगरपालिका वडा नम्बर–९, भिमानमा आजाद स्मृति प्रतिष्ठान भएपनि शहीद आजादकै नाममा कमलामाई नगरपालिका–६ मा रहेको एमाले जिल्ला पार्टी कार्यालय आजाद स्मृति भवन भएको देखाएर रकम विनियोजित गराईएको थियो । तत्कालिन पार्टी अध्यक्ष प्रदीप कटुवाल र प्रतिष्ठानका अध्यक्ष रमेश देवकोटाले २०७१ साल भदौ २५ करार सम्झौता गरेको आन्तरिक कागजात भएपनि प्रतिष्ठानको नाममा विनियोजित रकम प्रतिष्ठानको बैंक खातामा नराखी पार्टी पदाधिकारीहरुले गठन गरेको उपभोक्ता समितिमार्फत खर्च गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश देवकोटाले सिधाकुरासँग स्वीकारेका थिए । अहिले आजाद स्मृति भवनका लागि पार्टीका वर्तमान जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ उपभोक्ता समितिका अध्यक्ष पनि रहेका छन् ।  

प्रतिष्ठानको नाममा कमलामाई नगरपालिका–६ मा प्रतिष्ठानसँग सम्बन्धि कुनैपनि दर्ता अनुमति नभएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले सिधाकुरासँगको सम्वादमा बताएका थिए । 
पार्टीले आजाद स्मृति प्रतिष्ठानको नाममा लिजमा दिएको र यस अघिपनि पटकपटक रकम विनियोजन भएकाले यसको निरन्तरता हुनु पर्ने पार्टीका तत्कालिन जिल्ला अध्यक्ष प्रदीप कटुवालको दाबी रहेको थियो । 
 
सो स्थानमा आजाद स्मृति प्रतिष्ठान रहेको आधिकारिक कागजात नभएसम्म निकासा नहुने प्रमुख घिमिरेले बताएका छन् । कमलामाई नगरपालिकाले शहरी विकास तथा भवन कार्यालय, सिन्धुलीलाई गत असार २० गते चलानी नम्बर–४६३० को पत्र पठाउँदै सो घरजग्गा एमाले पार्टीको नाममा दर्ताकायम भएको र हाल पार्टी कार्यालय  भवनको नक्सापास समेत नभएको पत्र पठाएको थियो । 

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...

भर्खरै