नेभिगेशन
मुख्य समाचार
सिधाकुरा समाचार प्रभावः

एमाले पार्टी कार्यालयको भवनमा विनियोजित ३० लाख रोकियो

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर–६ स्थित नेकपा एमाले, जिल्ला पार्टी कार्यालयको भवनका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आव २०८१÷८२ मा बिनियोजित ३० लाख रुपैया रकम निकासा रोकएको छ ।

बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय, सिन्धुली मार्फत खर्च हुनेगरी विनियोजन भएको थियो । विनियोजित रकम खर्चहुने स्थलको घरजग्गा नेकपा एमाले सिन्धुलीको नाममा मालपोत कार्यालय सिन्धुलीमा कित्ता नम्बर–३४२ मा १ कठ्ठा २ पाई जग्गा २०६५ चैत्र २७ गते दर्ता कायम भएको गत असार २४ गते सिधाकुराले समाचार प्रकाशित गरेको थियो ।  

शहीद ऋषि देवकोटा आजादको नाममा कमलामाई नगरपालिका वडा नम्बर–९, भिमानमा आजाद स्मृति प्रतिष्ठान भएपनि शहीद आजादकै नाममा कमलामाई नगरपालिका–६ मा रहेको एमाले जिल्ला पार्टी कार्यालय आजाद स्मृति भवन भएको देखाएर रकम विनियोजित गराईएको थियो । तत्कालिन पार्टी अध्यक्ष प्रदीप कटुवाल र प्रतिष्ठानका अध्यक्ष रमेश देवकोटाले २०७१ साल भदौ २५ करार सम्झौता गरेको आन्तरिक कागजात भएपनि प्रतिष्ठानको नाममा विनियोजित रकम प्रतिष्ठानको बैंक खातामा नराखी पार्टी पदाधिकारीहरुले गठन गरेको उपभोक्ता समितिमार्फत खर्च गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश देवकोटाले सिधाकुरासँग स्वीकारेका थिए । अहिले आजाद स्मृति भवनका लागि पार्टीका वर्तमान जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ उपभोक्ता समितिका अध्यक्ष पनि रहेका छन् ।  

प्रतिष्ठानको नाममा कमलामाई नगरपालिका–६ मा प्रतिष्ठानसँग सम्बन्धि कुनैपनि दर्ता अनुमति नभएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले सिधाकुरासँगको सम्वादमा बताएका थिए । 
पार्टीले आजाद स्मृति प्रतिष्ठानको नाममा लिजमा दिएको र यस अघिपनि पटकपटक रकम विनियोजन भएकाले यसको निरन्तरता हुनु पर्ने पार्टीका तत्कालिन जिल्ला अध्यक्ष प्रदीप कटुवालको दाबी रहेको थियो । 
 
सो स्थानमा आजाद स्मृति प्रतिष्ठान रहेको आधिकारिक कागजात नभएसम्म निकासा नहुने प्रमुख घिमिरेले बताएका छन् । कमलामाई नगरपालिकाले शहरी विकास तथा भवन कार्यालय, सिन्धुलीलाई गत असार २० गते चलानी नम्बर–४६३० को पत्र पठाउँदै सो घरजग्गा एमाले पार्टीको नाममा दर्ताकायम भएको र हाल पार्टी कार्यालय  भवनको नक्सापास समेत नभएको पत्र पठाएको थियो । 

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।