नेभिगेशन
समाज

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

Ncell
Extreme Energy

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् ।

आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।

आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्तव्यस्त छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तोकिएको मितिमा निर्माण सम्पन्न नहुने (तस्विरहरु)

अस्तव्यस्त छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तोकिएको मितिमा निर्माण सम्पन्न नहुने (तस्विरहरु)

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको थियो। आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण निर्माण कार्य रोकिएपछि आयोजना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि महानगरपालिकाले बागमती प्रदेश...
अब रेडक्रसमा राजनीति बन्द, कोही दलमा संलग्न भए सिधै निष्काशन गरिने

अब रेडक्रसमा राजनीति बन्द, कोही दलमा संलग्न भए सिधै निष्काशन गरिने

नेपाल रेडक्रस सोसाइटीले कुनै पनि तहकोे समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दलको (भ्रातृ सङ्गठनसमेत) को विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन...
बिना हेलमेट  बाइक चलाउने सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५ सय जरिवाना, सरकारी निवास पुगेर ट्राफिकले काट्यो चिट

बिना हेलमेट बाइक चलाउने सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५ सय जरिवाना, सरकारी निवास पुगेर ट्राफिकले काट्यो चिट

मुख्यमन्त्री शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै  जरिवान गराउन ट्राफिक प्रहरी सरकारी निवासमै पुगेका छन् ।
रुसले युक्रेनमा गर्यो ड्रोन र मिसाइल हमला, कम्तिमा १० जनाको मृत्यु

रुसले युक्रेनमा गर्यो ड्रोन र मिसाइल हमला, कम्तिमा १० जनाको मृत्यु

रुसले युक्रेनको राजधानी किएभमा ठूलो संख्यामा ड्रोन र मिसाइल हमला गरेको छ । बिबिसीका अनुसार आक्रमणमा कम्तिमा १० जना मारिएका छन् ।

भर्खरै