नेभिगेशन
समाज

मन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’ प्रकरणपछि सत्तामा नैतिक संकट, बर्खास्तको माग

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको नाम जोडिएको ७८ लाख रुपैयाँ घुस ‘डिल’ प्रकरण सार्वजनिक भएपछि सत्तारूढ दल नेकपा (एमाले) भित्रैबाट तीव्र आलोचना सुरु भएको छ। घुस लिन र नियुक्ति दिलाउन डिल गरेको प्रमाणसहितको अडियो र कागजात बाहिरिएपछि मन्त्री गुप्तामाथि छानबिन र बर्खास्तको माग चर्किएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त प्रकरणलाई गम्भीर भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गर्दै तुरुन्त एक्सन लिनुपर्ने बताएका छन् । 

Ncell
Extreme Energy

सत्ता साझेदार नेपाली कांग्रेसले पनि जिम्मेवारी प्रधानमन्त्रीको रहेको स्पष्ट संकेत गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले मन्त्रीको विषय विवादित हुँदा पार्टी र प्रधानमन्त्रीले निर्णय लिनुपर्ने बताएका छन्।

कांग्रेसका अर्का नेता प्रकाश रसाइलीले भने घुसकाण्डको अडियो सार्वजनिक भइसकेको अवस्थामा कारबाही नगर्नु सरकारको नैतिक पतन हुने बताउँदै मन्त्रीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् । 

घटनामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम समेत जोडिएको छ। मन्त्री गुप्ताको अडियोमा भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख घुस मागिएको उल्लेख छ। यससँगै मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाखको घुस लिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...

भर्खरै