नेभिगेशन
मुख्य समाचार

मन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’ प्रकरणपछि सत्तामा नैतिक संकट, बर्खास्तको माग

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको नाम जोडिएको ७८ लाख रुपैयाँ घुस ‘डिल’ प्रकरण सार्वजनिक भएपछि सत्तारूढ दल नेकपा (एमाले) भित्रैबाट तीव्र आलोचना सुरु भएको छ। घुस लिन र नियुक्ति दिलाउन डिल गरेको प्रमाणसहितको अडियो र कागजात बाहिरिएपछि मन्त्री गुप्तामाथि छानबिन र बर्खास्तको माग चर्किएको हो।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त प्रकरणलाई गम्भीर भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गर्दै तुरुन्त एक्सन लिनुपर्ने बताएका छन् । 

सत्ता साझेदार नेपाली कांग्रेसले पनि जिम्मेवारी प्रधानमन्त्रीको रहेको स्पष्ट संकेत गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले मन्त्रीको विषय विवादित हुँदा पार्टी र प्रधानमन्त्रीले निर्णय लिनुपर्ने बताएका छन्।

कांग्रेसका अर्का नेता प्रकाश रसाइलीले भने घुसकाण्डको अडियो सार्वजनिक भइसकेको अवस्थामा कारबाही नगर्नु सरकारको नैतिक पतन हुने बताउँदै मन्त्रीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् । 

घटनामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नाम समेत जोडिएको छ। मन्त्री गुप्ताको अडियोमा भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख घुस मागिएको उल्लेख छ। यससँगै मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाखको घुस लिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।