नेभिगेशन
समाज

बालकृष्ण खाँड सहित कांग्रेस एमालेका नेताहरुको टोलमा रास्वपाको जित

बुटवल । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले टोल विकास संस्थामा समेत गठबन्धन गरेपनि रास्वपाले नेतृत्वसहित पदाधिकारी नै क्लिन स्वीप गरेको छ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेको घर रहेको क्षेत्र, तिलोत्तमा नगरपालिका–८ को मिलन टोल विकास संस्थाको चुनावमा रास्वपा गठबन्धनमाथि भारी परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चुनावको नतिजाले सत्तारूढ दलहरूको पकड रहेको टोलमा पनि मतदाताहरूको मनोवृत्ति परिवर्तन भएको संकेत देखिएको छ।

Ncell
Extreme Energy

१५ सदस्यीय टोल विकास समितिमा अध्यक्षसहित चार पदाधिकारी र थप चार सदस्यसहित आठ पदमा रास्वपाका उम्मेदवारले जितेका छन् । साथै रास्वपासँगै प्यानलबाट उठेका राप्रपाका २ सदस्यले पनि जितेका छन् । बाँकी तीनजना एमाले,  र दुई कांग्रेसबाट विजयी भए।

अध्यक्षमा रास्वपाका रामाकान्त भुसाल १२४ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण चापागाईंले १०० मत प्राप्त गरे। उपाध्यक्षमा रास्वपाका पर्सुराम काफ्लेले १४५ मत ल्याउँदा कांग्रेसकी रिना बराल ८१ मतमा सीमित भइन्।

त्यस्तै, सचिवमा रास्वपाकी सीता तिवारी ११९ मतसहित विजयी भइन् भने कांग्रेसका थम्मन गुरुङले १०५ मत पाए। कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डेले १२६ मत ल्याएर एमालेकी बबी चापागाईंलाई पछि पारे।

मिलन टोलमा कुल २७२ मतदाता रहेकामा २३३ जनाले मतदान गरेका थिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...

भर्खरै