नेभिगेशन
मुख्य समाचार

बालकृष्ण खाँड सहित कांग्रेस एमालेका नेताहरुको टोलमा रास्वपाको जित

बुटवल । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले टोल विकास संस्थामा समेत गठबन्धन गरेपनि रास्वपाले नेतृत्वसहित पदाधिकारी नै क्लिन स्वीप गरेको छ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेको घर रहेको क्षेत्र, तिलोत्तमा नगरपालिका–८ को मिलन टोल विकास संस्थाको चुनावमा रास्वपा गठबन्धनमाथि भारी परेको हो । 

चुनावको नतिजाले सत्तारूढ दलहरूको पकड रहेको टोलमा पनि मतदाताहरूको मनोवृत्ति परिवर्तन भएको संकेत देखिएको छ।

१५ सदस्यीय टोल विकास समितिमा अध्यक्षसहित चार पदाधिकारी र थप चार सदस्यसहित आठ पदमा रास्वपाका उम्मेदवारले जितेका छन् । साथै रास्वपासँगै प्यानलबाट उठेका राप्रपाका २ सदस्यले पनि जितेका छन् । बाँकी तीनजना एमाले,  र दुई कांग्रेसबाट विजयी भए।

अध्यक्षमा रास्वपाका रामाकान्त भुसाल १२४ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण चापागाईंले १०० मत प्राप्त गरे। उपाध्यक्षमा रास्वपाका पर्सुराम काफ्लेले १४५ मत ल्याउँदा कांग्रेसकी रिना बराल ८१ मतमा सीमित भइन्।

त्यस्तै, सचिवमा रास्वपाकी सीता तिवारी ११९ मतसहित विजयी भइन् भने कांग्रेसका थम्मन गुरुङले १०५ मत पाए। कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डेले १२६ मत ल्याएर एमालेकी बबी चापागाईंलाई पछि पारे।

मिलन टोलमा कुल २७२ मतदाता रहेकामा २३३ जनाले मतदान गरेका थिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।