नेभिगेशन
समाज

सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’को छानबिन गर्न माग गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले सामान्य प्रसाशन मन्त्रीको घुस काण्ड  छानबिन गर्न माग गरिन्। उनले भनिन्, ‘मन्त्रीमण्डलको अर्को काण्ड, कास्कीको मालपोत कार्यालयमा कोलाई पठाउने भन्ने बारे सेटिङ, जिल्लाको भूमि आयोगका अध्यक्षमा कोलाई पठाउने भन्नेमा सेटिङ, किन भूमि विद्येयक फास्ट टर्याकमा पास गर्न खोजेका हौ अब त बुझियो नि ?आफू अनुकल मान्छे, आफू अनुकुल कानुन ।  एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ, यसको हामी छानबिनको माग गर्छौं।’

Ncell
Extreme Energy

सांसद श्रेष्ठले थप भनिन्, 'सम्बन्धीत ठाउँ भनेको कुन ठाउँ हो, कसको ठाउँ हो ? अडियोमा भनिएका बा को हुन् ?दुई तिहाई भनेको मिलिजुली भाग खानलाई हो, कसको प्रसय, कसको ताकत, कस्तो संस्कार ? के फरक भयो यी सबै वर्षहरुमा रु जनताले के पाए सभामुख महोदय ?  यी सबै प्रश्नसँग हाम्रो आन्दोलन जारी छ, संसदिय समिति त चाहिन्छ चाहिन्छ सभामुख महोदय ।' 

सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्ताले गत पुसमा कास्की मालपोत कार्यालयका प्रमुखका सरुवा रोक्न र भुमि आयोगका जिल्ला अध्यक्ष नियुक्तीका लागि भूमिसुधार मन्त्रीसँग कुरा गर्ने भन्दै लाखाँै डिल गरेको अडियो सिधाकुराले शुक्रबार प्रसारण गरेको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सहमहामन्त्रीका लागि विभिन्न समूहबाट उम्मेदवारी परेको छ।
आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।
प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

रुसले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा दिएको सम्बोधनको प्रशंसा गरेको छ ।