नेभिगेशन
मुख्य समाचार

सुमनाको संसदमा प्रश्न : अडियोमा भनिएका बा को हुन्, सम्बन्धीत ठाउँ कहाँ हो, कसको ठाउँ हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’को छानबिन गर्न माग गरेको छ। 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले सामान्य प्रसाशन मन्त्रीको घुस काण्ड  छानबिन गर्न माग गरिन्। उनले भनिन्, ‘मन्त्रीमण्डलको अर्को काण्ड, कास्कीको मालपोत कार्यालयमा कोलाई पठाउने भन्ने बारे सेटिङ, जिल्लाको भूमि आयोगका अध्यक्षमा कोलाई पठाउने भन्नेमा सेटिङ, किन भूमि विद्येयक फास्ट टर्याकमा पास गर्न खोजेका हौ अब त बुझियो नि ?आफू अनुकल मान्छे, आफू अनुकुल कानुन ।  एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ, यसको हामी छानबिनको माग गर्छौं।’

CG

सांसद श्रेष्ठले थप भनिन्, 'सम्बन्धीत ठाउँ भनेको कुन ठाउँ हो, कसको ठाउँ हो ? अडियोमा भनिएका बा को हुन् ?दुई तिहाई भनेको मिलिजुली भाग खानलाई हो, कसको प्रसय, कसको ताकत, कस्तो संस्कार ? के फरक भयो यी सबै वर्षहरुमा रु जनताले के पाए सभामुख महोदय ?  यी सबै प्रश्नसँग हाम्रो आन्दोलन जारी छ, संसदिय समिति त चाहिन्छ चाहिन्छ सभामुख महोदय ।' 

सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्ताले गत पुसमा कास्की मालपोत कार्यालयका प्रमुखका सरुवा रोक्न र भुमि आयोगका जिल्ला अध्यक्ष नियुक्तीका लागि भूमिसुधार मन्त्रीसँग कुरा गर्ने भन्दै लाखाँै डिल गरेको अडियो सिधाकुराले शुक्रबार प्रसारण गरेको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो...
आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ ।
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ ।
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...