नेभिगेशन
समाज

माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद सरकार भ्रष्टाचारमा व्यस्त रहेको मुलुक बिचौलियाले चलाईरहेको भन्ने आरोपलाई पुष्टि गर्ने बिभिन्न समाचार आईरहेको बताएकी छिन् । समाचारमा आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको अडियोको प्रसंग मन्त्रीको मात्र नभएर प्रधानमन्त्रीको समेत विषय भएको बताइन् । ‘कुनै मन्त्रीको विवाद भए सम्बन्धीत मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले यसरी पटक पटक अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । ‘मन्त्रीहरुका घुसका डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ? सरकारका मन्त्रीहरुले नैतिकता देखाउने कुरा त टाढाको विषय बन्दै छ ।’ उनले भनिन्, ‘त्यसैले म भन्दै छु कि सम्माननीय प्रधानमन्त्रीले म घुस पनि लिन्न अरुलाई पनि लिन दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?’

Ncell
Extreme Energy

भूमि आयोग कास्कीको अध्यक्ष र मालपोत कार्यालय कास्कीको प्रमुखको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले घुसको डील को अडियो सहितको प्रमाण सिधाकुराले प्रकाशन तथा प्रसारण गरेको थियो । उनले यी विषयको वास्तविकताबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने भन्दै सभामुखसँग रुलिङको माग गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सहमहामन्त्रीका लागि विभिन्न समूहबाट उम्मेदवारी परेको छ।
आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।
प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

रुसले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा दिएको सम्बोधनको प्रशंसा गरेको छ ।