नेभिगेशन
मुख्य समाचार

माओवादीको प्रश्नः मन्त्रीको घुसको डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद सरकार भ्रष्टाचारमा व्यस्त रहेको मुलुक बिचौलियाले चलाईरहेको भन्ने आरोपलाई पुष्टि गर्ने बिभिन्न समाचार आईरहेको बताएकी छिन् । समाचारमा आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको अडियोको प्रसंग मन्त्रीको मात्र नभएर प्रधानमन्त्रीको समेत विषय भएको बताइन् । ‘कुनै मन्त्रीको विवाद भए सम्बन्धीत मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो ।’ 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले यसरी पटक पटक अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । ‘मन्त्रीहरुका घुसका डील बाहिरिएपछि सरकारले एक्सन लिनु पर्छ कि पर्दैन ? सरकारका मन्त्रीहरुले नैतिकता देखाउने कुरा त टाढाको विषय बन्दै छ ।’ उनले भनिन्, ‘त्यसैले म भन्दै छु कि सम्माननीय प्रधानमन्त्रीले म घुस पनि लिन्न अरुलाई पनि लिन दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?’

भूमि आयोग कास्कीको अध्यक्ष र मालपोत कार्यालय कास्कीको प्रमुखको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले घुसको डील को अडियो सहितको प्रमाण सिधाकुराले प्रकाशन तथा प्रसारण गरेको थियो । उनले यी विषयको वास्तविकताबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने भन्दै सभामुखसँग रुलिङको माग गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै