नेभिगेशन
मुख्य समाचार

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को लागी रु.२५ अर्व ७६ करोड ४३ लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित महानगरको १७ औं नगरसभामा महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । 

उनले आगामी आर्थिक बर्षका लागी रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अरव ७६ करोड ४३ लाख ४१ हजार रुपैयाको बजेट प्रस्तुत गरिन् । 

काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र वैक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाको स्रोत सुनिश्चित भएको भएको उपप्रमुख डंगोलले जानकारी दिइन् । 

बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकासमा कुल वजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ भनेसामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अरव २ करोड २८ लाख ६८ हजार रुपैया प्रस्ताव गरिएको छ । त्यसैगरी पूर्वाधार विकास तर्फ ५१ प्रतिशत अर्थात १२ अरव ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको उपप्रमुख डंगोलले बताउनुभयो । आगामी आर्थिक वर्षमा फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि,एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धीगर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथामिकतामा राखिएको उनले जानकारी दिइन् । 

त्यसैगरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको ध्वनी प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व वोकेका मठ, मन्दिर, पोखरी, हिटी लगायतका सम्पदास्थलहरुको संरक्षण र प्रवद्र्धनमा समेत येथेस्ट वजेट व्यवस्थापन गरिएको डंगोलले बताइन् । त्यसैगरी करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउन पौष मसान्तसम्म कर वुझाउने करदातालाई १० प्रतिशत छुट दिइएको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्षको वजेट कार्यान्वयन तर्फ हेर्दा कुल बजेट रु.२४ अरब ९० करोड ६३ लाख २५ हजार रुपैया मध्ये असार २५ गतेसम्मको कुल खर्च जम्मा रु.१३ अरब ३ करोड ७४ लाख ६० हजार रुपैया रहेको महानगरले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहीसकेका छन् ।
मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ
केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन:  प्रधानमन्त्री ओली

केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन:  प्रधानमन्त्री ओली

आफूबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।
अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

संस्थाका अनुसार, ती गीतमा प्रयोग गरिएका शब्द, हाउभाउ र प्रस्तुत शैलीले सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई ठेस पुर्‍याएको छ। आइतबार अपरान्ह संस्थाका पदाधिकारीहरू साइबर ब्युरो कार्यालयमा पुगेर औपचारिक उजुरी...

भर्खरै