नेभिगेशन
समाज

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को लागी रु.२५ अर्व ७६ करोड ४३ लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित महानगरको १७ औं नगरसभामा महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आगामी आर्थिक बर्षका लागी रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अरव ७६ करोड ४३ लाख ४१ हजार रुपैयाको बजेट प्रस्तुत गरिन् । 

Ncell
Extreme Energy

काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र वैक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाको स्रोत सुनिश्चित भएको भएको उपप्रमुख डंगोलले जानकारी दिइन् । 

बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकासमा कुल वजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ भनेसामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अरव २ करोड २८ लाख ६८ हजार रुपैया प्रस्ताव गरिएको छ । त्यसैगरी पूर्वाधार विकास तर्फ ५१ प्रतिशत अर्थात १२ अरव ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको उपप्रमुख डंगोलले बताउनुभयो । आगामी आर्थिक वर्षमा फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि,एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धीगर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथामिकतामा राखिएको उनले जानकारी दिइन् । 

त्यसैगरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको ध्वनी प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व वोकेका मठ, मन्दिर, पोखरी, हिटी लगायतका सम्पदास्थलहरुको संरक्षण र प्रवद्र्धनमा समेत येथेस्ट वजेट व्यवस्थापन गरिएको डंगोलले बताइन् । त्यसैगरी करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउन पौष मसान्तसम्म कर वुझाउने करदातालाई १० प्रतिशत छुट दिइएको महानगरले जनाएको छ ।

चालु आर्थिक वर्षको वजेट कार्यान्वयन तर्फ हेर्दा कुल बजेट रु.२४ अरब ९० करोड ६३ लाख २५ हजार रुपैया मध्ये असार २५ गतेसम्मको कुल खर्च जम्मा रु.१३ अरब ३ करोड ७४ लाख ६० हजार रुपैया रहेको महानगरले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...

भर्खरै