नेभिगेशन
समाज

अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

काठमाडौँ । राष्ट्रिय लोकसंचारकर्मी नेपालले सामाजिक सद्भावमा खलल पुर्‍याउने भन्दै तीनवटा लोकगीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उजुरी दिइएका गीतहरूमा ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको 'गाई कालो', राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको ‘सल्ला दमारमा’, तथा रामजी खाँण र शान्तिश्री परियारको 'लुकी लुकी'समावेश छन्।

Ncell
Extreme Energy

संस्थाका अनुसार, ती गीतमा प्रयोग गरिएका शब्द, हाउभाउ र प्रस्तुत शैलीले सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई ठेस पुर्‍याएको छ। आइतबार अपरान्ह संस्थाका पदाधिकारीहरू साइबर ब्युरो कार्यालयमा पुगेर औपचारिक उजुरी दर्ता गरेका थिए। उजुरीमा कलाकार तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको प्रस्तुति पनि सामाजिक सद्भाव भड्काउन सक्ने खालको रहेको उल्लेख छ।

संस्थाले यस्तो खालको विकृति र अश्लीलता नियन्त्रण गर्न राज्य जिम्मेवार बन्नुपर्ने माग गर्दै उजुरी दिएको हो।

राष्ट्रिय लोकसंचारकर्मी नेपालले यो विषयमा कडाइका साथ निगरानी गरिने चेतावनी पनि दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।

भर्खरै