नेभिगेशन
मुख्य समाचार

अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

काठमाडौँ । राष्ट्रिय लोकसंचारकर्मी नेपालले सामाजिक सद्भावमा खलल पुर्‍याउने भन्दै तीनवटा लोकगीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

उजुरी दिइएका गीतहरूमा ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको 'गाई कालो', राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको ‘सल्ला दमारमा’, तथा रामजी खाँण र शान्तिश्री परियारको 'लुकी लुकी'समावेश छन्।

संस्थाका अनुसार, ती गीतमा प्रयोग गरिएका शब्द, हाउभाउ र प्रस्तुत शैलीले सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई ठेस पुर्‍याएको छ। आइतबार अपरान्ह संस्थाका पदाधिकारीहरू साइबर ब्युरो कार्यालयमा पुगेर औपचारिक उजुरी दर्ता गरेका थिए। उजुरीमा कलाकार तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको प्रस्तुति पनि सामाजिक सद्भाव भड्काउन सक्ने खालको रहेको उल्लेख छ।

संस्थाले यस्तो खालको विकृति र अश्लीलता नियन्त्रण गर्न राज्य जिम्मेवार बन्नुपर्ने माग गर्दै उजुरी दिएको हो।

राष्ट्रिय लोकसंचारकर्मी नेपालले यो विषयमा कडाइका साथ निगरानी गरिने चेतावनी पनि दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।