नेभिगेशन
मुख्य समाचार

तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीनजना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्व सचिव ई.देवेन्द्र कार्की, ई.सुशील चन्द्र तिवारी र ई.मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरिएको हो । 
ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको निमार्णकालागि अनुभव र विज्ञता भएका व्यक्तिहरूलाई मनोनय गरिएको रास्वपा उर्जा विभाग प्रमुख इ.श्रीराम न्यौपानेले बताए । 

नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहीसकेका छन् । 

उनीहरूको प्राविधिक ज्ञान, प्रशासनिक अनुभव र नीति निर्माणको अभ्यासलाई राजनीतिक तहसँग समन्वय गर्दै राष्ट्रिय आवश्यकताअनुसार ऊर्जा तथा जलस्रोत रणनीति बनाउन विभागले पहल गरेको न्यौपानेले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न क्षेत्रका विज्ञ, पूर्व सचिव, पूर्व प्रशासक, पूर्व सुरक्षा अधिकृतहरु एवं राष्ट्रिय, सामाजिक जीवनका ब्यक्तित्वहरुलाई विज्ञ सल्लाहकारको रुपमा मनोनय गर्ने गरेको छ । पार्टीले गैर सदस्यहरुलाई समेत विज्ञताका आधारमा विज्ञ सल्लाहकारमा मनोनय गर्न सक्ने ब्यवस्था गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।