नेभिगेशन
समाज

तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीनजना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्व सचिव ई.देवेन्द्र कार्की, ई.सुशील चन्द्र तिवारी र ई.मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरिएको हो । 
ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको निमार्णकालागि अनुभव र विज्ञता भएका व्यक्तिहरूलाई मनोनय गरिएको रास्वपा उर्जा विभाग प्रमुख इ.श्रीराम न्यौपानेले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहीसकेका छन् । 

Ncell
Extreme Energy

उनीहरूको प्राविधिक ज्ञान, प्रशासनिक अनुभव र नीति निर्माणको अभ्यासलाई राजनीतिक तहसँग समन्वय गर्दै राष्ट्रिय आवश्यकताअनुसार ऊर्जा तथा जलस्रोत रणनीति बनाउन विभागले पहल गरेको न्यौपानेले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न क्षेत्रका विज्ञ, पूर्व सचिव, पूर्व प्रशासक, पूर्व सुरक्षा अधिकृतहरु एवं राष्ट्रिय, सामाजिक जीवनका ब्यक्तित्वहरुलाई विज्ञ सल्लाहकारको रुपमा मनोनय गर्ने गरेको छ । पार्टीले गैर सदस्यहरुलाई समेत विज्ञताका आधारमा विज्ञ सल्लाहकारमा मनोनय गर्न सक्ने ब्यवस्था गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।

भर्खरै