नेभिगेशन
मुख्य समाचार

घुस डिल गर्ने सामान्य प्रशासन मन्त्री गुप्तालाई बर्खास्त गर्ने तयारी, भूमि मन्त्री बलरामलाई भने जोगाइँदै

काठमाडौँ । भूमि आयोगको नियुक्ति र मालपोत प्रमुखको सरुवामा घुस ‘डिल’ गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्ने तयारी भएको छ । 

आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्ने छन् भने नदिएको खण्डमा बर्खास्त गर्ने तयार भएको बालुवाटार स्रोतले जनाएको छ । 

स्रोतका अनुसार प्रधानमन्त्रीले आइतबारनै मन्त्री गुप्तासँग फोनमा सोधपुछ गरे पनि चित्त बुझ्दो जवाफ नपाएपछि आज भेटेरै ब्रिफिङ लिँदै छन् । त्यस लगत्तै मन्त्री गुप्ताको राजीनामा आउने वा बर्खास्त गर्ने तयारी भएको स्रोतले जनाएको छ । 

भूमि आयोग कास्कीको अध्यक्षमा एमालेकै प्रदेश कमिटी सदस्य खेमबहादुर पुनलाई नियुक्त गर्नका लागि अर्का एमालेकै प्रदेश कमिटीका नेता सुजन लामाले मन्त्री गुप्तालाई भेटी २५ लाखको डिल गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो । 

उक्त डिलका क्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठ समेत संलग्न रहेको अडियो मा सुनिन्छ । 

सिधाकुरासँग कुरा गर्दै मन्त्री गुप्ताले अडियो मा सुनिएको आवाज आफ्नो भएको स्वीकार गरेका थिए । साथै पूर्व मन्त्री रञ्जिताले समेत उपस्थित भएको,कुराकानी गरेको स्वीकार गरेकी थिइन् । 

भूमि आयोग कास्कीमा अध्यक्ष बन्न लबिङ गरेका खेमबहादुर पुनले समेत, सुजन लामा देखि मन्त्री पनि एउटै पार्टीको भएकाले आफ्ना लागि साथीहरूले मन्त्रीसँग आग्रह गरेको हुन सक्ने भन्दै घुमाउरो पारामा स्वीकार गरेको थिए । 

अडियो रेकर्डमा मन्त्री गुप्ताले भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले समेत पैसा खाइसकेको बताएका थिए । साथै अधिकारी माथि तीनपाने रक्सी खुवाएर काम गराउने समेत अभिव्यक्ति अडियो रेकर्डमा सुनिन्छ । 

उक्त अडियो तथा मन्त्रीलाई घुस बुझाएको रकमको नम्बर सहित असार १० गते नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 

यस विषयमा सिधाकुराले मन्त्री गुप्तासँग प्रतिक्रिया लिँदा आफूलाई अख्तियारले फोन गरेर सोधेको समेत बताएका थिए । 

तर अडियो सार्वजनिक भएको ३ दिनसम्म पनि सरकारले मन्त्री गुप्ता माथि कुनै एक्सन नलिएपछि सरकारको सर्वत्र आलोचना भएको थियो । 

चौतर्फी दबाबपछि भने प्रधानमन्त्री कार्यालयले मन्त्री गुप्तालाई हटाउने तयारी गरेको हो । गुप्तालाई हटाउने तयारी भए पनि अर्का मन्त्री अधिकारीलाई भने सरकारले जोगाउने प्रयास गरेको छ । 

गत पुस २८ गते रेकर्ड भएको उक्त अडियो मा भूमि सुधार मन्त्री बलराम अधिकारीले अन्यबाट पैसा खाइसकेकोले आफूले भनेको नमान्ने बताएका थिए । अडियो रेकर्डमै २९ गते भूमि आयोगका जिल्ला अध्यक्षहरू नियुक्त हुँदै भनिएको थियो । सोही अनुसार पुस २९ गते नै भूमि सुधार मन्त्री अधिकारीले ५७ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेका थिए । कास्कीमा भने खेमबहादुर पुनलाई नियुक्त नगरी अर्का व्यक्ती नियुक्त भएका थिए । 

बालुवाटार स्रोतका अनुसार घुस डिलको अडियो प्रकरणमा मन्त्री गुप्तालाई मात्रै बर्खास्त गरेर अर्का मन्त्री बलराम अधिकारीलाई भने जोगाउने प्रयास भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै निःशुल्क सेवा

सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै निःशुल्क सेवा

मोबाइल क्लिनिकमार्फत ग्रामीण बासिन्दालाई निःशुल्क स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र आवश्यक औषधि वितरण सेवा प्रदान गरिँदैछ। स्वास्थ्य सेवा टोलीमा एक जना चिकित्सक, नर्स, फार्मासिस्ट, रेडियोलोजिस्टलगायत अन्य स्वास्थ्यकर्मी सहभागी...
रुकुम पश्चिममा करेन्ट लागेर मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–४ घ्वारामा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर चन्दको मृत्यु भएको वडा आठविसकोट ११ का वडाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिए ।
मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकि राखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको...
बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयोः प्रचण्ड

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयोः प्रचण्ड

उनले बजेटका नाममा जनताको सपना होइन, स्वार्थ समूहको सौदाबाजी भएको दाबी गर्दै भने, “जब बजेट नै सहभागिताहीन, जब नीतिगत निर्णय नै प्रतिशोधको आधारमा लिइन्छ, तब जनता के अपेक्षा...

भर्खरै