नेभिगेशन
समाज

घुस डिल गर्ने सामान्य प्रशासन मन्त्री गुप्तालाई बर्खास्त गर्ने तयारी, भूमि मन्त्री बलरामलाई भने जोगाइँदै

काठमाडौँ । भूमि आयोगको नियुक्ति र मालपोत प्रमुखको सरुवामा घुस ‘डिल’ गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्ने तयारी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्ने छन् भने नदिएको खण्डमा बर्खास्त गर्ने तयार भएको बालुवाटार स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

स्रोतका अनुसार प्रधानमन्त्रीले आइतबारनै मन्त्री गुप्तासँग फोनमा सोधपुछ गरे पनि चित्त बुझ्दो जवाफ नपाएपछि आज भेटेरै ब्रिफिङ लिँदै छन् । त्यस लगत्तै मन्त्री गुप्ताको राजीनामा आउने वा बर्खास्त गर्ने तयारी भएको स्रोतले जनाएको छ । 

भूमि आयोग कास्कीको अध्यक्षमा एमालेकै प्रदेश कमिटी सदस्य खेमबहादुर पुनलाई नियुक्त गर्नका लागि अर्का एमालेकै प्रदेश कमिटीका नेता सुजन लामाले मन्त्री गुप्तालाई भेटी २५ लाखको डिल गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो । 

उक्त डिलका क्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठ समेत संलग्न रहेको अडियो मा सुनिन्छ । 

सिधाकुरासँग कुरा गर्दै मन्त्री गुप्ताले अडियो मा सुनिएको आवाज आफ्नो भएको स्वीकार गरेका थिए । साथै पूर्व मन्त्री रञ्जिताले समेत उपस्थित भएको,कुराकानी गरेको स्वीकार गरेकी थिइन् । 

भूमि आयोग कास्कीमा अध्यक्ष बन्न लबिङ गरेका खेमबहादुर पुनले समेत, सुजन लामा देखि मन्त्री पनि एउटै पार्टीको भएकाले आफ्ना लागि साथीहरूले मन्त्रीसँग आग्रह गरेको हुन सक्ने भन्दै घुमाउरो पारामा स्वीकार गरेको थिए । 

अडियो रेकर्डमा मन्त्री गुप्ताले भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले समेत पैसा खाइसकेको बताएका थिए । साथै अधिकारी माथि तीनपाने रक्सी खुवाएर काम गराउने समेत अभिव्यक्ति अडियो रेकर्डमा सुनिन्छ । 

उक्त अडियो तथा मन्त्रीलाई घुस बुझाएको रकमको नम्बर सहित असार १० गते नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 

यस विषयमा सिधाकुराले मन्त्री गुप्तासँग प्रतिक्रिया लिँदा आफूलाई अख्तियारले फोन गरेर सोधेको समेत बताएका थिए । 

तर अडियो सार्वजनिक भएको ३ दिनसम्म पनि सरकारले मन्त्री गुप्ता माथि कुनै एक्सन नलिएपछि सरकारको सर्वत्र आलोचना भएको थियो । 

चौतर्फी दबाबपछि भने प्रधानमन्त्री कार्यालयले मन्त्री गुप्तालाई हटाउने तयारी गरेको हो । गुप्तालाई हटाउने तयारी भए पनि अर्का मन्त्री अधिकारीलाई भने सरकारले जोगाउने प्रयास गरेको छ । 

गत पुस २८ गते रेकर्ड भएको उक्त अडियो मा भूमि सुधार मन्त्री बलराम अधिकारीले अन्यबाट पैसा खाइसकेकोले आफूले भनेको नमान्ने बताएका थिए । अडियो रेकर्डमै २९ गते भूमि आयोगका जिल्ला अध्यक्षहरू नियुक्त हुँदै भनिएको थियो । सोही अनुसार पुस २९ गते नै भूमि सुधार मन्त्री अधिकारीले ५७ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेका थिए । कास्कीमा भने खेमबहादुर पुनलाई नियुक्त नगरी अर्का व्यक्ती नियुक्त भएका थिए । 

बालुवाटार स्रोतका अनुसार घुस डिलको अडियो प्रकरणमा मन्त्री गुप्तालाई मात्रै बर्खास्त गरेर अर्का मन्त्री बलराम अधिकारीलाई भने जोगाउने प्रयास भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।

भर्खरै