नेभिगेशन
समाज

घुसको डिल गरेका मन्त्री गुप्ता र नाम जोडिएका अधिकारीलाई बर्खास्त गर्न विवेकशील साझा पार्टीको माग

काठमाडौँ । विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तत्काल कारबाही गर्न माग गरेको छ । 
मन्त्रीद्वय गुप्ता र भण्डारी भ्रष्टाचार प्रकरणमा मुछिएको र घुस लेनदेनको अडियो छताछुल्ल भइसक्दा पनि उनीहरू पदमै रहिरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका दुवै मन्त्रीलाई तत्काल बर्खास्त गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ’, पार्टी प्रवक्ता आशुतोष प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

जनताको करबाट सिर्जित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल भइसक्दा पनि उनीहरूलाई बर्खास्त नगर्नुले भष्टाचारको सुई सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीमाथि पनि फर्किन सक्ने सम्भावनालाई विवेकशील साझा पार्टीले अन्वेषण गरिरहेको जनाइएको छ । 

‘भ्रष्टाचारका दर्जनौँ प्रकरण र काण्डहरूको न्यायिक निरूपण नभइरहेको अवस्थामा बहालवाला मन्त्रीहरू प्रत्यक्ष संलग्न भएको भ्रष्टाचार काण्डले सुशासनको सवालमा हामी अत्यन्त कमजोर अवस्थामा गुज्रिरहेको ऐना फेरि सार्वजनिक भएको छ’, विवेकशीलले भनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रकरणका मुख्य समाचार:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।

भर्खरै