नेभिगेशन
मुख्य समाचार

घुसको डिल गरेका मन्त्री गुप्ता र नाम जोडिएका अधिकारीलाई बर्खास्त गर्न विवेकशील साझा पार्टीको माग

काठमाडौँ । विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तत्काल कारबाही गर्न माग गरेको छ । 
मन्त्रीद्वय गुप्ता र भण्डारी भ्रष्टाचार प्रकरणमा मुछिएको र घुस लेनदेनको अडियो छताछुल्ल भइसक्दा पनि उनीहरू पदमै रहिरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका दुवै मन्त्रीलाई तत्काल बर्खास्त गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ’, पार्टी प्रवक्ता आशुतोष प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

जनताको करबाट सिर्जित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल भइसक्दा पनि उनीहरूलाई बर्खास्त नगर्नुले भष्टाचारको सुई सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीमाथि पनि फर्किन सक्ने सम्भावनालाई विवेकशील साझा पार्टीले अन्वेषण गरिरहेको जनाइएको छ । 

‘भ्रष्टाचारका दर्जनौँ प्रकरण र काण्डहरूको न्यायिक निरूपण नभइरहेको अवस्थामा बहालवाला मन्त्रीहरू प्रत्यक्ष संलग्न भएको भ्रष्टाचार काण्डले सुशासनको सवालमा हामी अत्यन्त कमजोर अवस्थामा गुज्रिरहेको ऐना फेरि सार्वजनिक भएको छ’, विवेकशीलले भनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रकरणका मुख्य समाचार:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।