नेभिगेशन
समाज

विपद् न्यूनीकरण र उद्धार तथा राहत वितरणमा जुट्न रास्वपाको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् न्यूनीकरण र घटनापछि उद्धार तथा राहत वितरणमा जुट्न आह्वान गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति निकालेर पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यस्तो आह्वान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको विज्ञप्तिमा उल्लेख छ ।

Ncell
Extreme Energy

मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको भनिएको छ ।

विपद् पूर्वको तयारी कार्यवाहक सभापति अर्यालका सुझाब:

१. विपद् पूर्वको तयारी

आ–आफ्नो क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको जोखिममा रहेका स्थानहरूको पहिचान गरी स्थानीयवासीलाई सचेत गराउने ।
स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना) र स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्ने ।
तत्काल आवश्यक पर्ने सामग्रीहरू (जस्तै: त्रिपाल, डोरी, टर्चलाइट, प्राथमिक उपचार बाकस, ड्राइफुड) को व्यवस्थापनका लागि स्वयंसेवी रूपमा तयारी गर्ने ।
हरेक वडा तथा पालिकास्तरमा ’स्वयंसेवक समूह’ तयारी अवस्थामा राख्ने ।
सामाजिक सञ्जाल र अन्य माध्यमबाट विपद् पूर्व अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक सन्देशहरू प्रवाह गर्ने ।


२. विपद् पश्चात्को प्रतिकार्य

घटना भएको जानकारी पाउनासाथ स्थानीय निकाय र सुरक्षाकर्मीसँगको समन्वयमा तत्काल उद्धार कार्यमा जुट्ने ।
पीडित तथा प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न र अस्थायी आश्रयस्थलको व्यवस्थापनमा सहयोग गर्ने ।
संकलन भएका राहत सामग्रीहरू (खाद्यान्न, लत्ताकपडा, औषधि, स्वच्छ पानी) को निष्पक्ष र पारदर्शी ढंगले वास्तविक पीडितसम्म पुर्‍याउने व्यवस्था मिलाउने ।
घाइतेहरूको प्राथमिक उपचार र अस्पतालसम्म पुर्‍याउन सहजीकरण गर्ने ।
प्रभावितहरूको तथ्याङ्क संकलनमा स्थानीय तहलाई सहयोग गरी कोही पनि नछुटुन् भन्ने सुनिश्चित गर्ने ।
विपद्को घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको रास्वपाका कार्यवाहक सभापति अर्यालले बताएका छन् ।

उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।

भर्खरै