नेभिगेशन
मुख्य समाचार

आधाघण्टा प्रधानमन्त्रीसँग भेटेर बालुवाटरबाट निस्किए घुस डिल गरेका मन्त्री गुप्ता

काठमाडौँ । भूमि आयोगको नियुक्ती र मालपोतका कर्मचारी सरुवामा घुस डिल गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बालुवाटार आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घण्टा कुराकानी गरेका छन्। 

सामान्य प्रशासन मन्त्री गुप्ता सहित पूर्व भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठले अर्का विचौलिया सुजन लामासँग बसेर घुस डिल गरेको अडियो सिधाकुराले सार्वजनिक गरेको थियो । गुप्ता नेकपा एमालेका सांसद तथा केन्द्रीय सदस्य समेत हुन् । 

त्यसपछि मन्त्री र सरकारको सर्वत्र आलोचना भएको थियो । सर्वत्र मन्त्रीलाई बर्खास्त गर्न दबाब बढेपछि प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएका थिए । सोमबार बिहान करिब पौन ११ बजे प्रधानमन्त्रीको सरकारी निवास छिरेको गुप्ता अहिले बाहिरिएका छन् । 

भूमि आयोग कास्कीको अध्यक्षमा एमालेकै प्रदेश कमिटी सदस्य खेमबहादुर पुनलाई नियुक्त गर्नका लागि अर्का एमालेकै प्रदेश कमिटीका नेता सुजन लामाले मन्त्री गुप्तालाई भेटी २५ लाखको डिल गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो । 

उक्त डिलका क्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठ समेत संलग्न रहेको अडियो मा सुनिन्छ । 

सिधाकुरासँग कुरा गर्दै मन्त्री गुप्ताले अडियो मा सुनिएको आवाज आफ्नो भएको स्वीकार गरेका थिए । साथै पूर्व मन्त्री रञ्जिताले समेत उपस्थित भएको,कुराकानी गरेको स्वीकार गरेकी थिइन् । 

भूमि आयोग कास्कीमा अध्यक्ष बन्न लबिङ गरेका खेमबहादुर पुनले समेत, सुजन लामा देखि मन्त्री पनि एउटै पार्टीको भएकाले आफ्ना लागि साथीहरूले मन्त्रीसँग आग्रह गरेको हुन सक्ने भन्दै घुमाउरो पारामा स्वीकार गरेको थिए । 

अडियो रेकर्डमा मन्त्री गुप्ताले भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले समेत पैसा खाइसकेको बताएका थिए । साथै अधिकारी माथि तीनपाने रक्सी खुवाएर काम गराउने समेत अभिव्यक्ति अडियो रेकर्डमा सुनिन्छ । 

उक्त अडियो तथा मन्त्रीलाई घुस बुझाएको रकमको नम्बर सहित असार १० गते नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 

यस विषयमा सिधाकुराले मन्त्री गुप्तासँग प्रतिक्रिया लिँदा आफूलाई अख्तियारले फोन गरेर सोधेको समेत बताएका थिए । 

तर अडियो सार्वजनिक भएको ३ दिनसम्म पनि सरकारले मन्त्री गुप्ता माथि कुनै एक्सन नलिएपछि सरकारको सर्वत्र आलोचना भएको थियो । 

चौतर्फी दबाबपछि भने प्रधानमन्त्री कार्यालयले मन्त्री गुप्तालाई हटाउने तयारी गरेको हो । गुप्तालाई हटाउने तयारी भए पनि अर्का मन्त्री अधिकारीलाई भने सरकारले जोगाउने प्रयास गरेको छ । 

गत पुस २८ गते रेकर्ड भएको उक्त अडियो मा भूमि सुधार मन्त्री बलराम अधिकारीले अन्यबाट पैसा खाइसकेकोले आफूले भनेको नमान्ने बताएका थिए । अडियो रेकर्डमै २९ गते भूमि आयोगका जिल्ला अध्यक्षहरू नियुक्त हुँदै भनिएको थियो । सोही अनुसार पुस २९ गते नै भूमि सुधार मन्त्री अधिकारीले ५७ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेका थिए । कास्कीमा भने खेमबहादुर पुनलाई नियुक्त नगरी अर्का व्यक्ती नियुक्त भएका थिए । 

बालुवाटार स्रोतका अनुसार घुस डिलको अडियो प्रकरणमा मन्त्री गुप्तालाई मात्रै बर्खास्त गरेर अर्का मन्त्री बलराम अधिकारीलाई भने जोगाउने प्रयास भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।