नेभिगेशन
मुख्य समाचार

मानव तस्कर देखि घुसको डिल गर्ने मन्त्रीलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई छैनः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै सोमबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । 

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक कुमार चौधरीलाई बोल्न समय दिएका थिए ।

सांसद चौधरीले अहिलेको सत्ता संरचना भ्रष्टाचार र मानवतस्करीमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवज हो भन्दै प्रश्न गरे  । मानवतस्करीका बिरुद्धमा ४७ दिनदेखि आवाज उठाउदै आएको भन्दै उनले स्पेन घटनाले भिजिट भिसा प्रकरण कति गहिरो छ भन्ने देखाएको बताए । 

उनले घुसको डिल गर्ने, मानवतस्करी गर्ने मन्त्रीहरुलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसैले नदिएको जिकिर गरे । 
उनले घुसको डिल गर्ने मन्त्रीहरुलाई तत्काल कारवाही गर्न माग गरे । आफ्ना मागको सुनुवाई नभएको भन्दै रास्वपाका सांसदहरुले सोमबार पनि सदन बहिष्कार गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।