नेभिगेशन
मुख्य समाचार

‘प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोग कहाँ छ ?’ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोगको खोजी गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सरकारका मन्त्रीहरु एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको अवस्थामा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोग कहाँ छ भन्दै प्रश्न गरे । नैतिकता र सुशासनप्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरुको राजीनामा माग्ने वा बर्खास्त गर्नुपर्ने उउनले बताए । उनले चिल आयो भन्ने अनि तल चल्ला टिप्ने र जनताको ध्यान एकातिर लगेर मन्त्रिपरिषद्मा बसेर ठूला पार्टी मिलेर देश लुट्ने काम कदापी स्वीकार्य नहुने धारणा राखे । 

City Express

त्यस्तै अध्यक्ष लिङदेनले संसदमा दुई पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास संसदीय इतिहासमा कालो समय भएको जिकिर गरे । विरोधकाबीच सदन चलाउने प्रयास केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र नभइ सभामुखको कार्यकालको सबैभन्दा कालो समयको रुपमा उल्लेख रहने उनले बताए । 

उनले प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास सभामुखले गर्नुपर्नेमा जोड दिए । अध्यक्ष लिङ्देनले धारणा राखेपछि राप्रपाका सांसदहरुले पनि सदन बहिष्कार गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुरु भयो अर्थ मन्त्रालयमा रंगरोगन

सुरु भयो अर्थ मन्त्रालयमा रंगरोगन

भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालय ,शिक्षा, विज्ञान तथा सूचना...
सुनसान छ बागलुङको  ‘कर्लिम गाउँ’

सुनसान छ बागलुङको ‘कर्लिम गाउँ’

“गाउँमा बिमार पर्दासमेत अस्पतालसम्म पु¥याउने मान्छेसमेत नपाइने अवस्था छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरकै छेउमा वन्यजन्तुले बासस्थान बनाउँदा हिँड्डुल गर्न पनि...
आजको मौसमः देशभर मौसम बदली

आजको मौसमः देशभर मौसम बदली

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली...
संविधान दिवसमा टेलिकमको ‘अफर’

संविधान दिवसमा टेलिकमको ‘अफर’

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड...