नेभिगेशन
मुख्य समाचार

प्रचण्डको टिप्पणीः “कांग्रेस स्वर्ग र नर्ककै गोलचक्करको पासोमा आफ्नो जनमतलाई समर्पण गर्यो ”

काठमाडौँ ।  संसदमा आजको  सम्बोधनमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदममा साच्चि बन्न पुगेको आरोप लगाएका छन् ।

उनले कांग्रेसप्रति संकेत गर्दै भने, “संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस। एकपछि अर्को स्वेच्छारिताका श्रृंखलाहरु जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ।”

गत वर्ष विश्वासको मत दिने क्रममा गरिएको आफ्नै सम्बोधन स्मरण गर्दै प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहंकारी प्रवृत्तिले लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको बताए । उनले हालै देखिएका प्रतिगामी हर्कतहरू सरकारकै कमजोरी र असन्तुलनको परिणाम भएको उल्लेख गरे ।

सभामुख, उपसभामुख, राष्ट्रपति , उपराष्ट्रपतिको निर्वाचनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्नु आफुले मिहनेत गरेको स्मण गर्दै अध्यक्ष प्रचण्डले आफुले राष्ट्रिय राजनीतिमा खेलेको सकारात्मक भुमिकाको बेलाबेलामा अवमूल्यन हुने गरेको भन्दै असन्तुष्ट व्यक्त गरे ।

“सत्ता सञ्चालनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो प्रयासलाई अस्थिरता ठान्नु तपाईहरुको दृष्टिकोण हो, तर लोकतन्त्रको नाममा आज जुन बाटो रोजिएको छ, त्यसले तपाईंहरूको राजनीतिक ग्राफ झनै खस्किएको छ,” उनले भने ।

'गठबन्धन बन्ने परिस्थिति र सरकारको नेतृत्वको प्रवृति हेरेर मैले त्यतिबेलै भनेको थिएँ  हजारौँ योद्धाहरुको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रमा संकट चिहानमा मिल्काइएका पात्र र प्रवृतिबाट छैन, यदि संकट आउँछ भने यही सरकारको रवैयाबाट आउनेछ । त्यसैले प्रचण्डसँगको रिस लोकतन्त्रसँग नलिनुहोला भनेर वर्षदिन अघि नै मैले भनेको थिएँ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाउँदैनन्। अप्राकृतिक रुपमा बन्ने यस्ता गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाउने र लोकतन्त्रलाई नै कमजोर बनाएका कैयन उदाहरण रहेको कुरा मैले स्मरण गराएको थिएँ'  उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।