नेभिगेशन
समाज

प्रचण्डको प्रश्न : ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र काहाँ बन्यो र प्याराफिट ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचना गरेका छन् । उनले विशेषगरी कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले स्मरण गराउँदै भने, “मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाईको सरकार बनेको दाबी गर्दै उनले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गरे ।

Ncell
Extreme Energy

तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए। “जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ” भन्दै उनले सत्तारूढ दलको घोषणा र व्यवहारबीचको अन्तर औँल्याए।

पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो कार्यशैलीले सरकारको घोषणा केवल प्रचारबाजीमा सीमित भएको देखिएको बताउँदै, राष्ट्रिय गौरवका अन्य आयोजनाहरूमा समेत यस्तै लापरवाही दोहोरिएकोमा चिन्ता व्यक्त गरे ।

“योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर विकासका काम योजनावद्ध ढंगले निरन्तरता दिइनु पर्दछ,” उनले भने, “तर, अहिले सरकारमा त्यो दृष्टिकोण र इच्छाशक्ति देखिएको छैन।”

उक्त रंगशाला निर्माणप्रति जनताको चासो र अपेक्षा उच्च रहेको सन्दर्भमा प्रचण्डले सरकारलाई घोषणाको भन्दा कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ
पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै टोलीको प्रशिक्षण क्याम्प छाड्नुको पछाडिका घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्दै १० पृष्ठ लामो आधिकारिक वक्तव्य जारी गरेका छन् ।