नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्ध बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गरे हस्ताक्षर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्धको अभियानमा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले ऐक्यबद्धता जनाएका छन् । उनले रास्वपाको वनस्थलीस्थित पार्टी कार्यालय पुगेर रविको पक्षमा हस्ताक्षर गर्दै अभियानमा ऐक्यवद्धता जनाएका हुन् । 

रास्वपाले सभापतिमाथि राज्यले प्रतिशोध साँधेको भन्दै असार ७ गतेबाट देशब्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । देशभित्र मात्र नभएर विदेशमा पनि यो अभियान चलेका छन् । 

रास्वपाले रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, रवि लामिछाने विरुद्ध साँधिएको राजनीतिक प्रतिशोध र राज्यले उनीमाथि गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पु¥याउन हस्ताक्षर अभियान चलाइएको बताएको छ । पार्टीका अनुसार देश विदेशबाट १५ लाख बढी नागरिकले हस्ताक्षर गरेका छन् । 

रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्धको अभियानमा कलाकारदेखि नेतासम्मले ऐक्यवद्धता जनाईरहेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्राई, चर्चित अभिनेत्री मोनिषा कोइराला, पूर्व न्यायाधीश बलराम केसी लगायतले समेत रविमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।