नेभिगेशन
समाज

रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्ध बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गरे हस्ताक्षर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्धको अभियानमा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले ऐक्यबद्धता जनाएका छन् । उनले रास्वपाको वनस्थलीस्थित पार्टी कार्यालय पुगेर रविको पक्षमा हस्ताक्षर गर्दै अभियानमा ऐक्यवद्धता जनाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले सभापतिमाथि राज्यले प्रतिशोध साँधेको भन्दै असार ७ गतेबाट देशब्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । देशभित्र मात्र नभएर विदेशमा पनि यो अभियान चलेका छन् । 

Ncell
Extreme Energy

रास्वपाले रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, रवि लामिछाने विरुद्ध साँधिएको राजनीतिक प्रतिशोध र राज्यले उनीमाथि गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पु¥याउन हस्ताक्षर अभियान चलाइएको बताएको छ । पार्टीका अनुसार देश विदेशबाट १५ लाख बढी नागरिकले हस्ताक्षर गरेका छन् । 

रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्धको अभियानमा कलाकारदेखि नेतासम्मले ऐक्यवद्धता जनाईरहेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्राई, चर्चित अभिनेत्री मोनिषा कोइराला, पूर्व न्यायाधीश बलराम केसी लगायतले समेत रविमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...