नेभिगेशन
समाज

कीर्तिपुर मैदानबारे प्रचण्डलाई ओलीको फेसबुकमा जवाफः कीर्तिपुरमा हेर्न जानु

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक स्टाटस मार्फत जवाफ फर्काएका छन् । प्रचण्डले संसदमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ भएको भन्दै प्रश्न उठाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई कीर्तिपुरमा हेर्न जानुस भन्ने जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? भनेर प्रश्न गर्नु भयो। म आग्रह गर्छु, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोलहरू पनि हेर्न जानुस्। बनिरहेको छ।’
साथै ओलीले प्रचण्डलाई आफ्नो कार्यकालमा कुनै वाचा, संकल्प, निर्णय मात्रै होइन काम पनि नगरेको आरोप लगाउँदै आँफूले दिन तोकेर काम गरेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि काममा टाइमलाइन तोकेर गर्छु भन्नु भएन। वाचा पनि भएन, संकल्प पनि भएन, निर्णय पनि भएन, काम त झन भएन, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें, र काम पनि गरें।’

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्र जर्जर बनाएर छाडेर गएको आरोप समेत लगाएका छन् । उनले भनेका छन्, ‘तपाईंले जर्जर बनाएको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु’ ।

प्रचण्डले कीर्तिपुरको मैदानबारे उठाएको जवाफ प्रधानमन्त्री ओली दिएपनि जहाँ सरकार त्यहाँ, भ्रष्टाचार, चित्रगुप्तालाई के बयान दिने हो भन्ने प्रश्नको भने जवाफ फर्काएका छैनन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल प्रहरीका ८ जना एआईजीहरूको सरुवा गर्ने निर्णय

नेपाल प्रहरीका ८ जना एआईजीहरूको सरुवा गर्ने निर्णय

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए...
दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिए।
एयरपोर्टमा रोकिएका एन्फा पदाधिकारीलाई खेलकुदमन्त्रीको जवाफः विश्वकप हेर्न रहर गर्नेले आशा जगाउने काम गरेको हुनुपर्छ

एयरपोर्टमा रोकिएका एन्फा पदाधिकारीलाई खेलकुदमन्त्रीको जवाफः विश्वकप हेर्न रहर गर्नेले आशा जगाउने काम गरेको हुनुपर्छ

उहाँहरुले विश्वकप हेर्न जान हामीलाई रोक्यो भन्दै हुनुहुन्छ । विश्वकप हेर्न एन्फाको पदाधिकारी त्यतिखेर जानुहुन्छ जतिखेर नेपालको फुटबलले केही न केही आशा देखाएको हुनुपर्छ । विश्वकप नै खेल्नुपर्छ...
कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित

सभा सञ्चालनको आकस्मिक समयमै बोल्दै प्रदेशसभा सदस्य सन्तोषी शाहीले ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’,  उच्च शिक्षा अध्ययनमा सघाउने र आर्थिक सुरक्षा तथा सामाजिक न्याय हुने जनपक्षीय कार्यक्रम अलपत्र...