नेभिगेशन
मुख्य समाचार

कीर्तिपुर मैदानबारे प्रचण्डलाई ओलीको फेसबुकमा जवाफः कीर्तिपुरमा हेर्न जानु

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक स्टाटस मार्फत जवाफ फर्काएका छन् । प्रचण्डले संसदमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ भएको भन्दै प्रश्न उठाएका थिए । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई कीर्तिपुरमा हेर्न जानुस भन्ने जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? भनेर प्रश्न गर्नु भयो। म आग्रह गर्छु, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोलहरू पनि हेर्न जानुस्। बनिरहेको छ।’
साथै ओलीले प्रचण्डलाई आफ्नो कार्यकालमा कुनै वाचा, संकल्प, निर्णय मात्रै होइन काम पनि नगरेको आरोप लगाउँदै आँफूले दिन तोकेर काम गरेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि काममा टाइमलाइन तोकेर गर्छु भन्नु भएन। वाचा पनि भएन, संकल्प पनि भएन, निर्णय पनि भएन, काम त झन भएन, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें, र काम पनि गरें।’

प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्र जर्जर बनाएर छाडेर गएको आरोप समेत लगाएका छन् । उनले भनेका छन्, ‘तपाईंले जर्जर बनाएको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु’ ।

प्रचण्डले कीर्तिपुरको मैदानबारे उठाएको जवाफ प्रधानमन्त्री ओली दिएपनि जहाँ सरकार त्यहाँ, भ्रष्टाचार, चित्रगुप्तालाई के बयान दिने हो भन्ने प्रश्नको भने जवाफ फर्काएका छैनन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।