नेभिगेशन
मुख्य समाचार

क्याविनटेका मन्त्रीको अडियो आउँदा पनि केही गर्न नसक्ने, यो भन्दा लाचार सरकार अर्को हुनै सक्दैनः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने बताएका छन् । 

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक हुँदा समेत प्रधानमन्त्रीले केहि गर्न नसेकेको भन्दै अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने बताएका हुन् । 

अहिलेको सरकार कुशासनका लागि गठन भएकाले प्रधानमन्त्रीले मन्त्रीहरुको रक्षा गरेको उनको भनाइ छ । प्रचण्डले मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भएको टिप्पणी गरे । 

‘यो लाजमर्दो कुरा भयो । देशकै बेइज्जत भईराखेको छ, सरकारको त छोड्दिनुस्, सरकार लाज पचाको जस्तो भाछ । तैपनि सुशासन आयोगको अध्यक्ष भएर प्रधानमन्त्री आफैँ बस्ने । आफ्नै क्याविनटेका मन्त्तीहरुको खुलेआम अडियो र भिडियोहरु आउँदा पनि केही गर्न नसक्ने भनेपछि यो भन्दा कमजोर, लाचार र निरिह सरकार अर्को हुनै सक्दैन’– प्रचण्डले भने । 

त्यस्तै प्रचण्डले वर्तमान सरकारले १ बर्षमा शान्तिप्रक्रियाका कामलाई अघि बढाउने बाहेक अरु कुनै सम्झन लायक काम नगरेको प्रतिक्रिया दिए । 

संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषयलाई सहज रुपमा टुङ्गाउनुपर्ने आफुहरु प्रष्ट रहेको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।