नेभिगेशन
समाज

क्याविनटेका मन्त्रीको अडियो आउँदा पनि केही गर्न नसक्ने, यो भन्दा लाचार सरकार अर्को हुनै सक्दैनः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक हुँदा समेत प्रधानमन्त्रीले केहि गर्न नसेकेको भन्दै अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने बताएका हुन् । 

Ncell
Extreme Energy

अहिलेको सरकार कुशासनका लागि गठन भएकाले प्रधानमन्त्रीले मन्त्रीहरुको रक्षा गरेको उनको भनाइ छ । प्रचण्डले मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भएको टिप्पणी गरे । 

‘यो लाजमर्दो कुरा भयो । देशकै बेइज्जत भईराखेको छ, सरकारको त छोड्दिनुस्, सरकार लाज पचाको जस्तो भाछ । तैपनि सुशासन आयोगको अध्यक्ष भएर प्रधानमन्त्री आफैँ बस्ने । आफ्नै क्याविनटेका मन्त्तीहरुको खुलेआम अडियो र भिडियोहरु आउँदा पनि केही गर्न नसक्ने भनेपछि यो भन्दा कमजोर, लाचार र निरिह सरकार अर्को हुनै सक्दैन’– प्रचण्डले भने । 

त्यस्तै प्रचण्डले वर्तमान सरकारले १ बर्षमा शान्तिप्रक्रियाका कामलाई अघि बढाउने बाहेक अरु कुनै सम्झन लायक काम नगरेको प्रतिक्रिया दिए । 

संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषयलाई सहज रुपमा टुङ्गाउनुपर्ने आफुहरु प्रष्ट रहेको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।