नेभिगेशन
मुख्य समाचार

घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

नेपाली कांग्रेस पेशागत तथा बुद्धिजिवि बिभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले घुस प्रकरण नै सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्रीलाई तत्काल बर्खास्त गरि छानविन गर्नुपर्ने सुझाव दिए । छानविनका क्रममा दोषि देखिए कारवाही हुनुपर्ने उनले बताए । महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको टिप्पणी गरे । उनले सत्ताको शक्ति प्राप्त गरेपछि पनि कानून भन्दा माथि कोहि नहुने बताए । 

त्यस्तै थापाले न्यायापालीकालाई सफा र स्वतन्त्र बनाउनका लागि संविधान संशोधन गर्दा खुला रुपमा बहस गर्नुपर्ने बेला आएको समेत बताए । समग्र न्यायापालीकाको पुनसंरचनाका लागि आवश्यक परे न्यायाधीशको पुनर्नियुक्त गर्न समेत तयार हुनुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले कांग्रेसको अनुशासन समितिले गरेको कारवाहीको निर्णयले पार्टीको एकता खल्बलिने धारणा रराखे । 

पार्टीभित्र कोतपर्वजस्तै अनुशासन पर्व चलेको भन्दै उनले यो पार्टीको परम्परा र विधान, कानुनको हिसाबले उचित नरहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।