नेभिगेशन
मुख्य समाचार

सिके राउतले पनि गरे रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि हस्ताक्षर गरेका छन् । उनले सोमबार साँझ रास्वपाको पार्टी कार्यालय वनस्थलीमै पुगेर हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका हुन् । 

हस्ताक्षरपछि प्रतिक्रिया दिदै उनले लामिछानेमाथि प्रतिशोध साँधिएको र त्यो गलत भएको बताए । ‘रवि लामिछानेलाई पहिलो पटक गिरफ्तार गर्दा नै मैले राजनीतिक प्रतिशोध भयो भनेको थिएँ । यो राज्यले कसैमाथि यसरी प्रतिशोध साँध्न हुँदैन । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ भनेर आफ्नो विचार राख्दै आएका छौँ ।’ 

त्यस्तै उनले हाम्रो व्यवस्थामा कार्यापालिकाको हस्तक्षेप न्यायपालिकामा स्वभाविक भएको बताए । ‘नेपालमा राजनीतिक व्यवस्था त्यति परिपक्क छैन र शक्ति पृथकिकरण राम्रोसँग हुन सकेको छैन । यहाँ कार्यपालिका, न्यायपालिका पृथक हो भनेर हेर्न पाइदैन ।’ उनले भने, ‘अहिलेको हाम्रो व्यवस्थामा न्यायाधीशहरुको नियुक्ति कार्यपालिकाले नै एकहिसावले प्रभावित गर्ने भएर गर्ने भएकाले हामीकहाँ झनै हेर्न पाइदैन । त्यही भएर अदालतलाई प्रभावित गर्ने, न्यायलयको निर्णयमा प्रभावित हुने स्वभाविक देखिन्छ ।’ 

आजै बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि रास्वपाको अभियानमा ऐक्यबद्धता जनाएका छन् । 

रास्वपाले सभापतिमाथि राज्यले प्रतिशोध साँधेको भन्दै असार ७ गतेबाट देशब्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । देशभित्र मात्र नभएर विदेशमा पनि यो अभियान चलेका छन् । 

रास्वपाले रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, रवि लामिछाने विरुद्ध साँधिएको राजनीतिक प्रतिशोध र राज्यले उनीमाथि गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पु¥याउन हस्ताक्षर अभियान चलाइएको बताएको छ । पार्टीका अनुसार देश विदेशबाट १५ लाख बढी नागरिकले हस्ताक्षर गरेका छन् । 

रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्धको अभियानमा कलाकारदेखि नेतासम्मले ऐक्यवद्धता जनाईरहेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्राई, चर्चित अभिनेत्री मोनिषा कोइराला, पूर्व न्यायाधीश बलराम केसी लगायतले समेत रविमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।