नेभिगेशन
समाज

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

देउखुरी (दाङ) । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए । शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको  छ ।

Ncell
Extreme Energy

त्यसैगरी  मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । रामपुर–घोराही  सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ः०० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुवै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।