नेभिगेशन
मुख्य समाचार

रास्वपा सांसदसँग कांग्रेस एमालेका सांसद असन्तुष्ट

काठमाडौँ । सत्तारुढ दलका सांसदहरुले रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति प्रश्न उठाएका छन् ।  

मंगलबार  बसेको प्रतिनिसभा बैठकमा उनीहरुले आफ्नो धारणा राख्ने र सदन बहिष्कार गर्ने रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति प्रश्न उठाएका हुन् ।

बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सदनमा आएर आफ्नो धारणा राखेर बहिस्कार गर्नुभन्दा सदन बाहिर आन्दोलन गर्न सुझाव दिए । बोल्नका लागि सदन चाहिने र बोलेपछि त्यही सदन बहिस्कार गर्ने नौटङ्की भइरहेको उनले बताए । सांसद गिरीले बैठकको सुरुमा अरु पार्टीलाई बोल्न दिएको तर पहिलो र दोश्रो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाए । 

त्यस्तै एमाले सांसद ज्वाला कुमारी साहले एक जना व्यक्तिले गरेको गल्तिका आधारमा सरकारलाई लाञ्छना लगाउने काम गलत भएको बताइन् । मिडियामा प्रचारमा आउन केही सांसदहरुले सदनमा अनावश्यक कुरा उठाइरहेको उनको भनाई छ । 

त्यस्तै बैठकको शुन्य समयमा समेत सत्तारुढ दलका सांसदहरुले आफ्नो कुरा राख्ने र सदन बहिस्कार गर्ने कार्य उचित नभएको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।