नेभिगेशन
मुख्य समाचार

मन्त्रीहरु घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य छन्ः राजेन्द्र बजगाईँ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सरकारका मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईँले देशमा ९७ अर्व नयाँ ऋण थपिएको र श्रम पलायन तीव्र हुँदा धेरै मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको बताएका हुन् । 

उनले मुलुकका लागि केहि गर्न अघि बढ्ने प्रयास गर्दा भ्रष्टाचार, घुस र ठगीको प्रणालीमा नाचिरहेको देखिने गरेको टिप्पणी गरे । सांसद बजगाईँले अहिलको राजनीतिक परिदृश्यमा पुराना वा नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको स्पष्ट अभाव देखिरहेको धारणा राखे । 

त्यस्तै उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानुनी र अदालतको अवहेलना भएको तर्क गरे । 

उनले आपराधिक मुद्दामा जेलमा रहेका बेला समेत रवि लामिछाने पार्टीको अध्यक्षमा कायमै रहेको भन्दै सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहिता बेवास्ता गर्नु दुःखद भएको धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।
मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव...