नेभिगेशन
मुख्य समाचार

एमालेमा मेरो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्छः विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिकाका बारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छिन् ।

मदन भण्डारीको ७५ औं जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर आफुले देशको सेवा गर्ने भन्दै आफ्नो भूमिकाका बारे एमाले केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी हुन् । महाधिवेशन अघि केन्द्रीय कमिटी नै माथिल्लो निकाय भएकाले एमालेमा आफ्नो कुन संरचनामा के भूमिका हुने भन्ने कुरा माथिल्लो तहको नेतृत्वले निर्णय गर्ने उनले बताइन् । 

त्यस्तै भण्डारीले विधान महाधिवेशनमा सन्दर्भमा दशौं महाधिवेशनका प्रतिनिधिहरुले नै भाग लिने भएपनि नयाँ सदस्य समेत थपिएकाले यस बारेमा पनि पार्टी केन्द्रीय कमिटीले नै निर्णय लिने बताइन् । 

पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताइन् । संसद विघटनको घटनाले आफुलाई कुनै दवाव भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन मात्र गरेको उनले स्पष्ट पारिन् । 

मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको जन्मजयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीको संरक्षकत्वमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको जानकारी दिएको छ । बिचार गोष्ठि, वादविवाद, हाजिरी जवाफ, खेलकुद प्रतियोगिता लगाएतका रचनात्मक क्रियाकपालका साथ मदन भण्डारीको जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरी मनाइने फाउण्डेशनले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।
मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव...
रविन्द्रसँग रविले भने: ‘म यिनीहरूसँग लड्ने नै हो, म त आनन्दमै छु पीडामा त यिनीहरू छन्’

रविन्द्रसँग रविले भने: ‘म यिनीहरूसँग लड्ने नै हो, म त आनन्दमै छु पीडामा त यिनीहरू छन्’

मिश्रले रवीको केसलाई तात्कालिन सरकारले प्रतिशोध साँधेकोमा आफू स्पष्ट रहेको बताएका छन् । उनले अहिलेको सरकारले त्यसो नगर्नेमा आफू आशावादी रहेको समेत उल्लेख गरे । उनले भने, ‘धेरै...