नेभिगेशन
समाज

एमालेमा मेरो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्छः विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिकाका बारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मदन भण्डारीको ७५ औं जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर आफुले देशको सेवा गर्ने भन्दै आफ्नो भूमिकाका बारे एमाले केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी हुन् । महाधिवेशन अघि केन्द्रीय कमिटी नै माथिल्लो निकाय भएकाले एमालेमा आफ्नो कुन संरचनामा के भूमिका हुने भन्ने कुरा माथिल्लो तहको नेतृत्वले निर्णय गर्ने उनले बताइन् । 

Ncell
Extreme Energy

त्यस्तै भण्डारीले विधान महाधिवेशनमा सन्दर्भमा दशौं महाधिवेशनका प्रतिनिधिहरुले नै भाग लिने भएपनि नयाँ सदस्य समेत थपिएकाले यस बारेमा पनि पार्टी केन्द्रीय कमिटीले नै निर्णय लिने बताइन् । 

पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताइन् । संसद विघटनको घटनाले आफुलाई कुनै दवाव भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन मात्र गरेको उनले स्पष्ट पारिन् । 

मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको जन्मजयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीको संरक्षकत्वमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको जानकारी दिएको छ । बिचार गोष्ठि, वादविवाद, हाजिरी जवाफ, खेलकुद प्रतियोगिता लगाएतका रचनात्मक क्रियाकपालका साथ मदन भण्डारीको जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरी मनाइने फाउण्डेशनले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै