नेभिगेशन
मुख्य समाचार

आगामी निर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः  विश्वप्रकाश शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताएका छन् । 

बारा सदरमुकाम कलैयामा आज आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनका कारण विगतमा साइकल, मसाल, कलममा भोट हाल्ने बाध्यता सिर्जना भए पनि विसं २०८४ मा हुने आमनिर्वाचनमा त्यस्तो अवस्था नआउने बताए । महामन्त्री शर्माले देशको हरेक परिवर्तनमा अतुल्नीय योगदान रहेको कांग्रेसको चुनाव चिन्हमा मत हाल्न जनता आतुर रहेको भन्दै अब कसैसँग कुनै प्रकारको गठबन्धन नगरी पार्टीले नै चुनाव लड्ने बताए ।

उनले ०८४ मा पार्टीले बहुमतको सरकार बनाउने गरी अहिलेदेखि नै जनताको पक्षमा काम गर्नुपर्ने उनको भनाइ थियो । “जहिले पनि कांग्रेस देश विकास, समृद्धि, डण्डहिनताको अन्त्य, विधिको शासन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गराउन पूर्ण प्रतिबद्ध छ । आगामी आमनिर्वाचनपछि आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर ती प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ । त्यसैले फुटेर होइन जुटेर अगाडि बढौँ”, महामन्त्री शर्माले भने । 

उनले हाल गठबन्धन सरकारमा रहेका आफ्ना मन्त्रीहरूले गरेका राम्रा कामबारे बढीभन्दा बढी प्रचार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । महामन्त्री शर्माले पार्टीले सहमति, सहकार्य र एकताको सन्देश दिने र त्यसका लागि आगामी २०८३ सालमा महाधिवेशन हुने धारणा राखे । 

पार्टीका जिल्ला सभापति राजेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री कलावती पासवान, पार्टीका मधेस प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादव, उपसभापति मनोज भट्ट, उपसभापति अमिरीलालपाल, क्षेत्रीय सभापति विजयशङ्कर यादव, नेताहरू रामप्रवेश यादव, सुनिल गुप्ता, प्रभातकुमार चौरसियालगायतले आफ्नो विचार व्यक्त गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।
मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव...