नेभिगेशन
मुख्य समाचार

करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटको मौलापुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा नरेन्द्र पटेलको मृत्यु भएको हो ।

आफ्नै खेतमा धान रोपाइँका लागि विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । करेन्ट लागेर घाइते भएका निजको उपचारका क्रममा मौलापुरस्थित शान्ति पोलिक्लिनिकमा मृत्यु भएको हो । 

केही दिनयता रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।