नेभिगेशन
समाज

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए

काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई एक महिनासमेत नपुग्दै जिम्मेवारीबाट हटाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्रीस्तरीय निर्णयअनुसार मंगलबार कोइरालाको सरुवा गरिएको हो। मन्त्रालयले जेठ ९ गते पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका कोइरालालाई विमानस्थल अध्यागमनमा ल्याएको थियो।

Ncell
Extreme Energy

यो सरुवा पूर्वप्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियारले छानबिन सुरु गरेपछि गरिएको थियो। भट्टराईको कार्यकालमा अनियमितता भएको आशंकामा अख्तियारले छापा मार्ने तयारी गरिरहेको जानकारी पाएपछि गृहले कोइरालालाई जिम्मेवारी दिएको थियो।

तर भोलिपल्टै अख्तियारले विमानस्थलमा छापा मार्‍यो र सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो। पछि उनी हाजिर जमानतमा रिहा भए।

नयाँ जिम्मेवारी पाएका कोइरालाले अझै आफ्नो योजना कार्यान्वयन गर्न नपाउँदै गृह मन्त्रालयले फेरि उनलाई हटाएको हो। अब विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई दिइएको छ।

डेढ महिनाभित्रै दोहोरिएको नेतृत्व परिवर्तनले अध्यागमन कार्यालयमा अनिश्चितता बढेको छ। अध्यागमन प्रशासनमा स्थायित्वको अभाव र अनुसन्धानको चापका कारण काम प्रभावित हुने जोखिम देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।
सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकको हैबुङतर्फको भागमा पहिरो जाँदा धाप बाँध जोखिममा परेको छ ।