नेभिगेशन
मुख्य समाचार

भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रुपैयाँ घुससहित मंगलबार पक्राउ परेका छन्। 

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेका थिए।

५४ वर्षीय आचार्य उदयपुरको बेलका नगरपालिका वडा नं ४, हरिपुर घर भई हाल जिल्ला काठमाडौंको कागेश्वरी नगरपालिका वडा नं ७, फोर्सपार्क टोलमा बस्दै आएका छन्।

उनलाई भक्तपुरको व्यासीस्थित मालपोत कार्यालयबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारले उनको साथबाट २ वटा मोबाइल पनि बरामद गरेको छ।

कार्यालय प्रमुख आचार्यसँगै कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउत पनि अख्तियारको नियन्त्रणमा पुगेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९, राउत टोल घर भएका उनी हाल लोकन्थली बस्ने गरेका छन्।

‘जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि घुस रिसवत रु. २४,५०,०००र( माग गरेको भन्ने सूचनाको आधारमा आयोगबाट खटिई गएको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय, भक्तपुरको भूमिसुधार शाखाको कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोबाइल डिभाइस तथा कार्यरत कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल र घुस ररिसवत बापतको रकम २४ लाख ५० हजारसहित नियन्त्रणमा लिएको,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

518730912_1252245952942498_7051738082708839192_n-1752587475.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।