नेभिगेशन
मुख्य समाचार

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पताल परिसरमा मङ्गलबार साँझ एक दर्दनाक घटना भएको छ। अस्पतालकै कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जना मगरको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बालिका अस्पताल परिसरभित्र रहेको सानो खेलमैदानमा खेल्दै गर्दा नजिकैको सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्। तत्काल उद्धार गरी उपचारका लागि अस्पतालको आपतकालीन कक्ष हुँदै आइसियूमा लगिए पनि साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

भरतपुर अस्पताल चितवन मात्रै होइन, आसपासका १३ जिल्लाका बिरामीका लागि प्रमुख रेफरल केन्द्रको रूपमा चिनिन्छ। दिनहुँ दुई–तीन हजार बिरामीको भीड लाग्ने यो अस्पतालमा व्यवस्थापन सम्बन्धी लापरवाही पटक–पटक उजागर हुँदै आएको छ।

घटनास्थल बी ब्लक अगाडि रहेको बालबालिका खेल्ने पार्क हो, जुन स्थान नजिकै अस्पतालको शौचालयको सेफ्टी ट्याङ्की छ। अस्पताल प्रशासनका अनुसार सो ट्याङ्की नियमित रूपमा फोहोर निकाल्न प्रयोग हुने पाइप राख्ने सानो प्वाल खुलै राखिने गरिन्छ। यिनै प्वालबाट बालिका भित्र खसेको अनुमान गरिएको छ।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार,  बालिका निकै दुब्लो–पातलो भएकाले  सम्भवतः खुल्लै राखिएको पाइप हाल्ने प्वालबाट भित्र छिर्न खोज्दा दुर्घटना भएको हो। 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको बताइएको छ। सुरक्षाका उपाय कति प्रभावकारी छन् भन्ने प्रश्न उठेका छन्, र यसले अस्पताल प्रशासनको जवाफदेहितामा पनि गम्भीर प्रश्न खडा गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।