नेभिगेशन
मुख्य समाचार

कुलिङ पिरियड विवादः छानबिन समितिले लियो रामहरि खतिवडासँग बयान

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा देखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादका विषयमा छानबिन गर्न गठित समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिन सुरू गरेको छ।

जीवन परियारको नेतृत्वमा बनेको छानबिन समितिले बुधबार सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा सभापति खतिवडासँग बयान लिएको हो । समितिका एक सदस्यका अनुसार बयान प्रक्रिया दिउँसोदेखि नै सुरु गरिएको हो।

विवादको केन्द्रमा रहेको संघीय निजामती सेवा विधेयकमा, राज्य व्यवस्था समितिले अवकाश प्राप्त कर्मचारीले संवैधानिक नियुक्तिमा नियुक्त हुन कम्तीमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने व्यवस्था प्रस्ताव गरेको थियो। तर, प्रतिनिधि सभाबाट पारित विधेयकमा सो व्यवस्था उल्टिएको छ। विधेयकमा पुरानै व्यवस्था यथावत् राखिएको सार्वजनिक भएपछि संसद् र सार्वजनिक बहसमा यसको विरोध सुरु भएको थियो।

कयौं सांसदहरूले यो परिवर्तन नियोजित षड्यन्त्रका रूपमा भएको दाबी गर्दै छानबिनको माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाटै विशेष छानबिन समिति गठन गरेका थिए।

छानबिन समितिले आगामी दिनमा अन्य सरोकारवालासँग पनि बयान अघि बढाउने तयारी गरेको छ। समितिलाई सत्यतथ्य पत्ता लगाई रिपोर्ट तयार गर्न केही हप्ता समय दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।