नेभिगेशन
समाज

कुलिङ पिरियड विवादः छानबिन समितिले लियो रामहरि खतिवडासँग बयान

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा देखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादका विषयमा छानबिन गर्न गठित समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिन सुरू गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जीवन परियारको नेतृत्वमा बनेको छानबिन समितिले बुधबार सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा सभापति खतिवडासँग बयान लिएको हो । समितिका एक सदस्यका अनुसार बयान प्रक्रिया दिउँसोदेखि नै सुरु गरिएको हो।

Ncell
Extreme Energy

विवादको केन्द्रमा रहेको संघीय निजामती सेवा विधेयकमा, राज्य व्यवस्था समितिले अवकाश प्राप्त कर्मचारीले संवैधानिक नियुक्तिमा नियुक्त हुन कम्तीमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने व्यवस्था प्रस्ताव गरेको थियो। तर, प्रतिनिधि सभाबाट पारित विधेयकमा सो व्यवस्था उल्टिएको छ। विधेयकमा पुरानै व्यवस्था यथावत् राखिएको सार्वजनिक भएपछि संसद् र सार्वजनिक बहसमा यसको विरोध सुरु भएको थियो।

कयौं सांसदहरूले यो परिवर्तन नियोजित षड्यन्त्रका रूपमा भएको दाबी गर्दै छानबिनको माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाटै विशेष छानबिन समिति गठन गरेका थिए।

छानबिन समितिले आगामी दिनमा अन्य सरोकारवालासँग पनि बयान अघि बढाउने तयारी गरेको छ। समितिलाई सत्यतथ्य पत्ता लगाई रिपोर्ट तयार गर्न केही हप्ता समय दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।
सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकको हैबुङतर्फको भागमा पहिरो जाँदा धाप बाँध जोखिममा परेको छ ।
कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।