नेभिगेशन
समाज

देवघाटमा साउने मेला, श्रद्धालु भक्तजनको भीड

नारायणगढ,चितवन । देवघाट धाममा शुक्रबार देखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि  श्रद्धालु भक्तजनको भीड लागेको छ । बिहानै देखि बोलबम मेला पनि प्रारम्भ भएको छ । 
 
भक्तहरूले देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ ।
 
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । सोमबार अधिक भक्तजन आउने अपेक्षा गरिएको छ । भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको बरालले बताए । 
 
साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको छ । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।
सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकको हैबुङतर्फको भागमा पहिरो जाँदा धाप बाँध जोखिममा परेको छ ।
कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।