नेभिगेशन
समाज

ऊर्जा क्षेत्रमा छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको छः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्युत विकास विभागको ३२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले नीति र नियमले काम रोकिएको भए सुधार गरेर भएपनि जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका हुन् । 

Ncell
Extreme Energy

ऊर्जा अब केवल उज्यालो दिने माध्यम नभइ मुलुकको समृद्धिसँग गाँसिएको विषय भएकाले निजि क्षेत्र मिलेर सरकार अघि बढ्ने उनले बताए । उनले वर्तमान सरकारको प्राथमिकता देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने रहेको उल्लेख गर्दै प्राकृतिक स्रोतको प्रयाप्त सदूपयोग गर्न सके ऊर्जा क्षेत्रव्यापार र समृद्धिको मूल स्रोत बन्न सक्ने धारणा राखे । 

ऊर्जा मन्त्री खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने बताए । 

कार्यक्रममा सेवानिबृत कर्मचारीहरु मधु प्रसाद भेटवाल, अरुण कुमार झा र सरिता प्रधानलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

भर्खरै