नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेको पक्षमा २५ दिनमा २४ लाख ५७ हजार ६ सय १८ जनाले गरे हस्ताक्षर

काठमाडौँ । रविमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध अहिलेसम्म २४ लाख ५७ हजार ६ सय १८ जनाले हस्ताक्षर गरेका छन् । अभियान सुरु भएको २५ दिनमा उक्त संख्यामा हस्ताक्षर संकलन भएको हस्ताक्षर अभियानका संयोजक तथा पार्टीका सहकोषध्यक्ष दीपक बोहराले जानकारी दिए । 

उनका अनुसार देश विदेशबाट ठूलो संख्या हस्ताक्षर प्राप्त भईहरेको छ । उनले यो अभियानलाई अझै ब्यापक बनाउनको लागि साउन ५ देखि वडा समितिले घरदैलो अभियान चलाउने जानकारी दिए । त्यस्तै उनले नेपाल भारत सिमानामा पनि हस्ताक्षर बुँथ राखिने जानकारी दिए । 

संयोजक बोहराका अनुसार पार्टीले अभियानको लागि छुट्टै कोष स्थापना गरेको छ । अहिले सम्म ५ लाख प्रति रवि लामिछानेको अपिल र २ लाख हस्ताक्षर फाराम छापिएको छ । छपाईको लागि १७ लाख २० हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै प्रचारप्रसारमा ३ लाख ८० हजार रुपैयाँ खर्च भएको छ भने, बुँथ खर्च ७ लाख ४५ हजार खर्च भएको छ । उनले हालसम्म विभिन्न शिर्षकमा ५९ लाख ६८ हजार खर्च भएको र हालसम्म ४६ लाख १२ हजार ६ सय ३७ रुपैयाँ सहयोगबाट उठेको उनले बोहराले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।
मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव...