नेभिगेशन
समाज

सचिवालय बैठकमा विद्या भण्डारीको विषय राख्दै जब ओलीले सोधे: अब के गर्ने ?

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता र पार्टीमा भूमिकाबारे विषय प्रवेश गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको प्रसंगमा आवश्यक छलफल हुने संकेत गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव योगेश भट्टराईले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीबारे छलफल गर्नुपर्ने धारणा राखेको बताए। “अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ,” उनले भने, “आजको बैठकमा भ्याइएन भने पनि कुनै न कुनै बैठकमा छलफल हुन्छ।”

Ncell
Extreme Energy

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सेवा सुविधा त्याग गर्दै पुनः राजनीतिक भूमिकामा फर्किएको अवस्थामा एमालेभित्र उहाँलाई उचित जिम्मेवारी दिनेबारे पनि छलफल भइरहेको सचिव भट्टराईले जनाए। “उहाँ आउनुहुन्छ भने उचित स्थान दिनुपर्ला,” उनले भने।

तर भण्डारीलाई जिम्मेवारी दिनेबारे निर्णय उच्च तहमा छलफलपछि मात्र हुने भट्टराईको भनाइ छ। “हाइ लेभलमा कुरा होस् भन्ने चाहना छ। त्यसपछि आवश्यक पर्यो भने सचिवालयमा छलफल गर्छौं, केन्द्रीय कमिटीमा पनि छलफल हुन्छ,” उनले स्पष्ट पारे।

आजबाट सुरु भएको सचिवालय बैठक एमालेको आगामी विधान महाधिवेशनको एजेण्डा तय गर्न डाकिएको हो। बैठकको क्रमशः दोस्रो चरणमा भोलि पोलिटब्यूरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।