नेभिगेशन
मुख्य समाचार

सचिवालय बैठकमा विद्या भण्डारीको विषय राख्दै जब ओलीले सोधे: अब के गर्ने ?

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता र पार्टीमा भूमिकाबारे विषय प्रवेश गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको प्रसंगमा आवश्यक छलफल हुने संकेत गरेका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव योगेश भट्टराईले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीबारे छलफल गर्नुपर्ने धारणा राखेको बताए। “अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ,” उनले भने, “आजको बैठकमा भ्याइएन भने पनि कुनै न कुनै बैठकमा छलफल हुन्छ।”

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सेवा सुविधा त्याग गर्दै पुनः राजनीतिक भूमिकामा फर्किएको अवस्थामा एमालेभित्र उहाँलाई उचित जिम्मेवारी दिनेबारे पनि छलफल भइरहेको सचिव भट्टराईले जनाए। “उहाँ आउनुहुन्छ भने उचित स्थान दिनुपर्ला,” उनले भने।

तर भण्डारीलाई जिम्मेवारी दिनेबारे निर्णय उच्च तहमा छलफलपछि मात्र हुने भट्टराईको भनाइ छ। “हाइ लेभलमा कुरा होस् भन्ने चाहना छ। त्यसपछि आवश्यक पर्यो भने सचिवालयमा छलफल गर्छौं, केन्द्रीय कमिटीमा पनि छलफल हुन्छ,” उनले स्पष्ट पारे।

आजबाट सुरु भएको सचिवालय बैठक एमालेको आगामी विधान महाधिवेशनको एजेण्डा तय गर्न डाकिएको हो। बैठकको क्रमशः दोस्रो चरणमा भोलि पोलिटब्यूरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।