नेभिगेशन
समाज

प्रेस काउन्सिल नेपालको आग्रह : "राज्यका निकायहरू काउन्सिलकाे क्षेत्राधिकार बारे स्पष्ट हुन्"

काठमाडौँ। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताको विषयमा आफ्नो स्पष्ट अधिकार क्षेत्र रहेको भन्दै राज्यका सम्बद्ध निकायहरूलाई निर्णय लिँदा त्यसप्रति सचेत रहन आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकारिता क्षेत्रका संवेदनशील विषयमा अन्य निकायबाट निर्णय लिने क्रममा भ्रम सिर्जना नहोस् भनी स्पष्ट पारेको हो। “काउन्सिलले आफ्नो जिम्मेवारी, दायित्व निभाउँदै आएको हुँदा कुनै भ्रममा नपर्न र पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताजस्ता गम्भीर विषयमा कुनै निर्णय लिनुपर्दा आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन पुनः अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।

Ncell
Extreme Energy

काउन्सिलका सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकपछि वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस काउन्सिल ऐन, २०४८ को प्रावधानहरूलाई स्मरण गराउँदै, काउन्सिलले कानुनी सीमाभित्र रही कार्य गरिरहेको प्रस्ट्याइएको छ।

विज्ञप्तिमा दफा ५ मा उल्लेखित उद्देश्यहरूलाई उल्लेख गर्दै स्वस्थ पत्रकारिता प्रवर्द्धन, प्रेस स्वतन्त्रताको दुरूपयोग रोकथाम, आचारसंहिता निर्माण, प्रेस र सरकारले सौहार्दपूर्ण सम्बन्ध राख्ने, सार्वजनिक नैतिकता र नागरिक मर्यादा जोगाउने तथा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न काउन्सिल निरन्तर क्रियाशील रहेको बताइएको छ।

प्रेस काउन्सिलले यसअघि पनि पत्रकारिता क्षेत्रका अधिकार, मर्यादा र स्वतन्त्रता संरक्षणका लागि स्पष्ट र संयमित भूमिका निर्वाह गर्दै आएको जनाएकाे छ। हालैका केही घटनाहरूको पृष्ठभूमिमा काउन्सिलले फेरि एकपटक क्षेत्राधिकारको सम्मान र समन्वयपूर्ण कार्यप्रणालीको आवश्यकता औंल्याएको छ।

WhatsApp-Image-2025-07-17-at-4.40.30-PM-1752757688.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।