नेभिगेशन
समाज

विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई सर्वोच्चको पुनः ताकेता

काठमाडौँ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन नभएको भन्दै फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई पुनः ताकेता गरेको छ। विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानमा सहभागी गराउने विषयमा सर्वोच्च अदालतले दिएको पुरानो आदेश अझै पनि लागू नभएपछि बिहीबार निर्देशनालयले उक्त आदेश कार्यान्वयन गर्न निर्देशन दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७४ सालको चैत ७ गते सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरूलाई निर्वाचनमा मताधिकार सुनिश्चित गर्न आदेश दिएको थियो। तर, सात वर्ष बितिसक्दा पनि सो आदेश लागू नभएको भन्दै फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई यस विषयमा यथाशीघ्र कार्यान्वयन गर्न अनुरोध गरेको हो।

Ncell
Extreme Energy

निर्देशनालयले दिएको ताकेतामा भनिएको छ, “विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सृजना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकहरूको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचनसम्ममा उनीहरूले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनु पर्नेछ।”

यही सन्दर्भमा अधिवक्ता यज्ञमणि न्यौपानेले आदेश कार्यान्वयन नभएको भन्दै बिहीबार निर्देशनालयमा निवेदन दर्ता गरेका थिए।

निर्वाचन आयोगबाट २०८२ असार १० गते प्रेषित पत्रमा ‘निर्वाचन व्यवस्थापन विधेयक, २०८०’ संसदमा पेश गरिने जानकारी गराइएको भए पनि हाल सो विधेयक कुन अवस्थामा छ भन्ने विषयमा निर्देशनालयले प्रगति विवरण माग गरेको छ।

निर्देशनमा थप उल्लेख गरिएको छ कि, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार प्रदान गर्न कानुनी, व्यवस्थापकीय, प्राविधिक तथा संस्थागत पूर्वाधार तयार गर्न सरकार तथा सम्बन्धित निकायहरूले आवश्यक पहल गर्नुपर्नेछ। साथै, आगामी निर्वाचनअघि “पाइलट टेस्ट” मार्फत केही मुलुकहरूमा बाहिरिएकाहरूलाई मतदान गराउने अभ्यास सुरु गर्न सकिने सिफारिस समेत गरिएको छ।

तस्वीरहरू:
निर्देशनालयले पठाएको पत्र  (तल हेर्नुहोस्)।

518061018_739916805427482_7780612620059753512_n-1752758271.jpg

518333493_739916845427478_939656542965435149_n-1752758278.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।