नेभिगेशन
समाज

भ्रष्टाचारको छानबिन र कारवाही माग गर्दै अख्तियारलाई राप्रपाको ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ पुराना लगाएत सवै भ्रष्टाचार प्रकरणमाथि पुनः छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी पत्र बुझाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले राजनीतिक नेतृत्व तहले उत्मुक्ति नपाउने गरि नयाँ पुराना लगाएत सबै भ्रष्टाचार प्रकरणमाथि पुनः छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी पत्र बुझाएको हो । केन्द्र, प्रदेश र स्थानीय तहका बिच भ्रष्टाचारका लागि प्रतिस्पर्धा जस्तो देखिएको राप्रपाको पत्रमा उल्लेख छ । त्यस्तै राप्रपाले ट्रान्सपरेन्सी इन्टरनेसनलको विभिन्न समयका प्रतिवेदनले नेपाल भ्रष्ट राष्ट्रहरूमा सूचीकृत हुनु सम्पूर्ण नेपालीहरूका लागि लज्जाको विषय भएको जिकिर गरेको छ ।

Ncell
Extreme Energy

आयोगबाट भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका काम प्रशस्त भए पनि ठुला भ्रष्टाचारका काण्डहरू सुडान घोटाला, ललिता निवास, वाइड बडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेललगायतमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर परेको राप्रपा अध्यक्ष लिङ्देनले बताए । 

यसका कारण आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको उजुरीपत्रमा उल्लेख गरेको उनले बताए । यस्तै विगतको नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्ट लगायत निर्माण सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि, वर्तमानको भिजिट भिसा र मन्त्रीहरूको अडियो प्रकरण नेपाल र नेपाली जनतालाई विश्व समुदायमा बदनाम गर्ने केही प्रतिनिधि घटना मात्र भएको राप्रपाले उल्लेख गरेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खरबौँ कृषि अनुदानको दुरुपयोग लगायतका चर्चित र ठुला भ्रष्टाचार काण्डहरूमा अनुसन्धान र कारबाहीका लागि भइरहेको ढिलासुस्ती र उदासीनतामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत उजुरी पत्रमा उल्लेख छ ।

rpp-1-1752827602.jpg

rpp-7-1752827601.jpg

rpp-6-1752827601.jpg

rpp-5-1752827601.jpg

rpp-4-1752827601.jpg

rpp-10-1752827600.jpg

rpp-11-1752827600.jpg

rpp-8-1752827600.jpg

rpp-9-1752827600.jpg

rpp-2-1752827602.jpg

rpp-3-1752827602.jpg

rpp-1752827603.jpg

Akhtiyar-Durupayog-Anusandhan-Aayog-1752827603.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको...
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।

भर्खरै