नेभिगेशन
समाज

माधव नेपाल र बामदेव गौतमले अंगालोमा बाँधिदै गरे पार्टी एकता

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमकाबीच समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा गरिएको हो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले गौतमलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । गौतमलाई पार्टीमा स्वागत गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानलाई निरन्तर अघि बढाउने बताए । 

Ncell
Extreme Energy

Madhab-Kumar-Nepal-1752835009.jpg
उनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनका लागि समाजवादी मोर्चा गठन गरेर सहकार्य भइरहेको भन्दै सबै कुरा मिलेको खण्डमा एकता गरेर अघि बढ्न सकिने धारणा राखे । 

 अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन ध्यान दिने भन्दै आफ्नो पार्टी बलियो भए अरु पार्टीसँगको एकताले सार्थकता पाउने बताए । 

त्यस्तै एकता कार्यक्रममा बामदेव गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नेकपा एकीकृत समाजवादीमा आएको भन्दै आफुलाई पद भन्दा पनि कामको जिम्मेवारी दिन आग्रह गरे । 

bamdev-gautam-1752835009.jpg
मुलुकमा समाजवाद निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ । गौतमले नेकपा एकता राष्ट्रिय अभियानका ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर समाजवादीमा आएको धारणा राखे । 

गत असार २७ गते एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका थिए । 

Bamdev-Madhab-Jhalanath-1752835009.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको...
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।

भर्खरै