नेभिगेशन
मुख्य समाचार

माधव नेपाल र बामदेव गौतमले अंगालोमा बाँधिदै गरे पार्टी एकता

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ । 

शुक्रबार काठमाडौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमकाबीच समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा गरिएको हो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले गौतमलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । गौतमलाई पार्टीमा स्वागत गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानलाई निरन्तर अघि बढाउने बताए । 

Madhab-Kumar-Nepal-1752835009.jpg
उनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनका लागि समाजवादी मोर्चा गठन गरेर सहकार्य भइरहेको भन्दै सबै कुरा मिलेको खण्डमा एकता गरेर अघि बढ्न सकिने धारणा राखे । 

 अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन ध्यान दिने भन्दै आफ्नो पार्टी बलियो भए अरु पार्टीसँगको एकताले सार्थकता पाउने बताए । 

त्यस्तै एकता कार्यक्रममा बामदेव गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नेकपा एकीकृत समाजवादीमा आएको भन्दै आफुलाई पद भन्दा पनि कामको जिम्मेवारी दिन आग्रह गरे । 

bamdev-gautam-1752835009.jpg
मुलुकमा समाजवाद निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ । गौतमले नेकपा एकता राष्ट्रिय अभियानका ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर समाजवादीमा आएको धारणा राखे । 

गत असार २७ गते एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका थिए । 

Bamdev-Madhab-Jhalanath-1752835009.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा एमालेले गर्यो प्रदर्शन(तस्बिरहरु)

संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा एमालेले गर्यो प्रदर्शन(तस्बिरहरु)

देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्ने घोषणा अनुसार एमालेले प्रदर्शन गरेको हो ।
मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराइएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

गत महिना मुद्दा सुनुवाइ सकिएपछि फैसलाको मितिबारे केही भ्रम उत्पन्न भएको थियो । अदालतले नोभेम्बर १३ का लागि नयाँ सुनुवाइको मिति तोकेको छ, जसमा फैसला सुनाउने मिति घोषणा...
होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे । विगतमा सरकार बन्दा...

भर्खरै