नेभिगेशन
मुख्य समाचार

आजका लागि सकियो एमाले पोलिटव्यूरो बैठक, अब भोलि ११ बजे फेरि बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठक भोलि ३ गते शनिबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।  

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए । 

एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो । 

पोलिटव्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा एमालेले गर्यो प्रदर्शन(तस्बिरहरु)

संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा एमालेले गर्यो प्रदर्शन(तस्बिरहरु)

देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्ने घोषणा अनुसार एमालेले प्रदर्शन गरेको हो ।
मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराइएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

गत महिना मुद्दा सुनुवाइ सकिएपछि फैसलाको मितिबारे केही भ्रम उत्पन्न भएको थियो । अदालतले नोभेम्बर १३ का लागि नयाँ सुनुवाइको मिति तोकेको छ, जसमा फैसला सुनाउने मिति घोषणा...
होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे । विगतमा सरकार बन्दा...

भर्खरै