नेभिगेशन
समाज

आजका लागि सकियो एमाले पोलिटव्यूरो बैठक, अब भोलि ११ बजे फेरि बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठक भोलि ३ गते शनिबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए । 

Ncell
Extreme Energy

एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो । 

पोलिटव्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको...
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।

भर्खरै