नेभिगेशन
मुख्य समाचार

एमाले पोलिटब्युरो बैठक च्यासलमा जारी, आजै सक्ने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि  पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । । 

प्रचार विभाग प्रमुख गौतमका अनुसार शुक्रबार बोल्न बाँकी पोलिटब्युरो सदस्यहरुले आज विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि धारणा राखिरहेका छन्  । शुक्रबार सात जना पोलिटब्युरो सदस्यले विधान संशोधनमाथि धारणा राखेका थिए । 
विधान संशोधन प्रस्तावमा पार्टीको विधान ९२०७८ संशोधन० को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । साथै पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ । 
प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने प्रस्ताव गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो । विधान महाधिवेशन केन्द्रीत पोलिटब्युरो बैठक आजै समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । 

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बजेट अभावमा गत वर्ष रोकिएको गैँडा गणना यसपाली गरिने

बजेट अभावमा गत वर्ष रोकिएको गैँडा गणना यसपाली गरिने

यस वर्ष बाघ गणनासमेत गर्ने तयारी छ । बाघ गणनापछि गैँडा गणनाको तयारी गरेको विभागले विगतको भन्दा फरक विधि प्रयोग गरेर गणना गर्ने तयारी गरेको हो । विभागको...
संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा एमालेले गर्यो प्रदर्शन(तस्बिरहरु)

संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा एमालेले गर्यो प्रदर्शन(तस्बिरहरु)

देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्ने घोषणा अनुसार एमालेले प्रदर्शन गरेको हो ।
मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराइएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

गत महिना मुद्दा सुनुवाइ सकिएपछि फैसलाको मितिबारे केही भ्रम उत्पन्न भएको थियो । अदालतले नोभेम्बर १३ का लागि नयाँ सुनुवाइको मिति तोकेको छ, जसमा फैसला सुनाउने मिति घोषणा...

भर्खरै