नेभिगेशन
समाज

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजारबढी विद्यार्थी सहभागी, ओएमाआर प्रणालीद्वारा उत्तरपुस्तिका जाँच हुदै

काठमाडौँ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा आज शनिबार मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परीक्षा बिहान ८ देखि १०  बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाउनु भएकाे थियाे ।

Extreme Energy
Everest cinsult

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ।

OMR प्रणालीद्वारा उत्तरपुस्तिका जाँच
परीक्षाको उत्तरपुस्तिका OMR (Optical Mark Recognition) प्रणालीमार्फत जाँच भइरहेको छ। यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ। सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका जाँच्ने काम सुरु भइसकेको छ र नतिजा भोलि बिहान, अर्थात् आइतबार बिहान, महानगरको आधिकारिक वेबसाइट https://entrance.kathmandu.gov.np/  मार्फत प्रकाशित हुने छ ।
विद्यार्थीहरूले उक्त वेबसाइटमा गई आफ्नो SEE को सिम्बोल नम्बर, अल्फाबेट, GPA र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्ने उनकाे भनाइ छ।

काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिव ४ हजार भन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ती उपलव्ध हुने पाेखरेलकाे भनाइ छ । यी सिटहरूमा ४०% सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, ५% संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४% काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १% ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ। यसका अतिरिक्त, महिला, दलित, आदिवासी/जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पछौटे क्षेत्रका बासिन्दा र शहीद/बेपत्ता परिवारका लागि आरक्षण कोटा पनि छुट्याइएको छ।

परीक्षापश्चात् OMR लाई मेसिनबाट स्क्यानिङ र रुजु गरी योग्यताक्रम प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशन गरी छात्रवृत्ति परीक्षाको नतिजा विद्यार्थीले फाराम भर्दा रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यताक्रमअनुसार भर्ना नतिजा सूची प्रकाशन गरिने  विभागले जनाएकाे छ ।
विषयगत रूपमा विद्यालयमा भर्नाका लागि पूर्व मनोनयन गरिनेछ।

 पूर्व मनोनयनमा आफूले अध्ययन गर्न चाहेको विषय र कलेजमा मनोनयन भएको आधारमा ३ दिनभित्र भर्ना भइसक्नुपर्नेछ। तोकिएको मितिभित्र भर्ना नभएर रिक्त रहेका सिटहरूमा बाँकी विद्यार्थीहरूको योग्यताक्रमका आधारमा दोस्रो सूची प्रकाशन गरिनेछ। यो सूचीमा पनि रोजाइअनुसारको विषय र कलेजमा भर्ना हुन नसकेमा, प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा रिक्त सिटमा Wrap-up कोटामा मनोनयनका लागि पुनः योग्यताक्रमका आधारमा रोजाइका लागि सूचना प्रकाशित गरी छनोट गरिने शिक्षा विभागले जनाएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुकुम्वासी र भूमि समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारीमा सरकार

सुकुम्वासी र भूमि समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारीमा सरकार

नयाँ मन्त्रीका रूपमा प्रतिभा रावल आए लगत्तै उक्त फैसलाले रास्वपाको वाचापत्र, सरकारको १०० बुँदे कार्यसूची र सुशासनको मार्गचित्रअनुसार पुरानै शैली र पदाधिकारीलाई जिम्मेवारी दिएर नयाँ जनादेश अनुसार काम...
ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा छाड्दैनौँः ऊर्जामन्त्री श्रेष्ठ

ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा छाड्दैनौँः ऊर्जामन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले कर्मचारीसँग रहेको प्राविधिक ज्ञान कुनै नीतिगत दस्तावेजले प्रतिस्थापन गर्न नसक्ने भएकाले कर्मचारीलाई निर्देशनको पालना गराउने मात्रै होइन आफूले साझेदारी गर्न चाहेको उल्लेख गरे ।
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकः कुन दलका प्रतिनिधिले के भने ?

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकः कुन दलका प्रतिनिधिले के भने ?

सो बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेकपा (एमाले) बाट डा भीष्म अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पूर्वकानुनमन्त्री...
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण

इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण

सरकारी प्रसारण माध्यमका अनुसार, लावान टापुको तेल संरचनामा आक्रमण भएको केही घण्टापछि कुवेत र इमिरेट्सतर्फ मिसाइल र ड्रोन प्रहार गरिएको हो ।

भर्खरै