नेभिगेशन
मुख्य समाचार

आज ५१ जिल्लामा बाढीको सम्भावनाः यी हुन् अलर्ट जारी गरिएका जिल्ला र नदी

काठमाडौँ । देशभर विभिन्न स्थानमा वर्षा भइरहँदा बाढी पूर्वानुमान महाशाखाले आज (साउन ३, शनिबार) को सम्भावित बाढीबारे बुलेटिन जारी गर्दै सतर्कताका लागि चेतावनी दिएको छ । 

बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसीका सहायक नदी तमोर र कन्काई नदीको जलसतह सतर्कता आसपास छ भने नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

जिल्लाका हिसाबले आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।

साथै आज सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने मध्यम नै सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

महाशाखाले उल्लिखित ५१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।  

हेर्नुहोस् सूचनाः

Flood_Bulletin__20_Jul_2025_8AM_(-साउन-०४)_1752980067692_page-0001-1752985976.jpg

Flood_Bulletin__20_Jul_2025_8AM_(-साउन-०४)_1752980067692_page-0002-1752985975.jpg

Flood_Bulletin__20_Jul_2025_8AM_(-साउन-०४)_1752980067692_page-0003-1752985975.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।