नेभिगेशन
समाज

पर्वतको लाङ्दी पहिरो :  पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वत ।   पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमान्को शव भेटिएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको  खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिएभने उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा  हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिंहदरबारमा विपक्षी दलहरूको बैठक

सिंहदरबारमा विपक्षी दलहरूको बैठक

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेसहित नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका नेताहरू सहभागी छन् ।
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।