नेभिगेशन
मुख्य समाचार

सर्वोच्चमा आज एउटा मात्रै इजलास

काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार एउटामात्र इजलास तोकिएको छ । सर्वोच्चले न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासबाहेक आइतबारका लागि अन्य इजलास तोकेको छैन । सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुईकेलका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको र अघिल्लो आर्थिक वर्षका विभिन्न आन्तरिक डाटा मिलाउनका लागि साउन ७ गतेसम्म एउटामात्र इजलास तोकिएको हो ।

न्यायाधीश पाण्डेयको इजलासमा तीन बन्दी प्रत्यक्षीकरणसहित जम्मा सात थान मुद्दा पेसीमा छन् । 

एकल इजलासले कुनै मुद्दामा आदेश दिएर अर्को दिन संयुक्त इजलास बस्नुपर्ने भएमा यस अवधिमा संयुक्त इजलास पनि बस्न नसक्ने तर, सामान्यतया बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश माग गरेका रिट निवेदनमात्र हेर्ने गरी इजलास तोकिने जनाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।