नेभिगेशन
मुख्य समाचार

गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

गण्डकी । गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । 

गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सराकोर भएका सबै पक्षलाई अनुरोध गरेको छ । आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक रूपमा सूचित गर्दै सावधानी र उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न भनेको छ ।

“गण्डकी प्रदेशका विभिन्न ठाउँमा गए रातिदेखि भएको वर्षाका कारण जनधनको क्षति भएका जानकारी आइरहेका छन् । वर्षाका कारण नदी, खहरे खोलाखोल्सी र तालहरुमा पानीको सतह निरन्तर बढिरहेको छ । यसले थप जोखिम निम्त्याएको छ । बाढी पहिरो, डुबीनको खतरा बढेको छ । यस्ता क्षेत्र वरपर बस्तीका नागरिकहरु सचेत रहनुहुन अनुरोध छ”, सूचनामा उल्लेख छ ।

प्रदेश सरकारले कहीँकतै विपत्तीमा परेका भए तुरून्त स्थानीय जनप्रतिनिधि, प्रहरी स्थानीय तह , प्रदेश सरकार र सङ्घीय सरकार मातहतका निकायमा खबर गर्न आग्रह गरेको छ । विपद्को सामना गर्न र प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा गण्डकी प्रदेश सरकार सँधै नागरिकको साथमा रहेको जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।